२ असोज, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री मुख्यमन्त्री बहादुर सिंह लामाले एक पक्षको प्रयासले मात्र परिवर्तन सम्भव नरहेको बताएका छन् ।
गैरसरकारी संस्था महासंघ बागमती प्रदेश समितिको आयोजनामा बुधबार हेटौंडामा भएको नागरिक सम्मेलनमा बोल्दै मुख्यमन्त्री लामाले यस्तो धारणा राखेका हुन् ।
मुख्यमन्त्री लामाले सुधारको प्रक्रिया सबै पक्षबाट हुनुपर्नेमा जोड दिए । उनले-'केवल एक पक्षको प्रयासले मात्र परिवर्तन सम्भव छैन । सरकार, गैसस र नागरिक समाज सबैले आ-आफ्नो क्षेत्रमा सुधार गर्नुपर्छ'-उनले भने ।
हाल ऐन कानूनको अभावमा गैससहरूसँग समन्वय गर्न समस्या भइरहेको बताउँदै उनले यसका लागि एउटा दीर्घकालीन सोचसहितको ऐन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले गैससहरूको संख्या एकीन गर्नुपर्ने आवश्यकतामाथि जोड दिँदै गैससहरूको वास्तविक संख्या थाहा नभई तिनीहरूको कार्यलाई प्रभावकारी ढंगले अगाडि बढाउन कठिन हुने बताए । यसका लागि एक व्यवस्थित तथ्यांक संकलन र विश्लेषण आवश्यक रहेको उनको भनाई थियो ।
नागरिक सवालहरूलाई प्रभावकारी ढंगले सम्बोधन गर्न सरकार, गैसस र नागरिक समाजबीच घनिष्ठ समन्वय र सहकार्य अपरिहार्य रहेकोमा लामाको जोड थियो ।
कार्यक्रममा मूख्यमन्त्री लामालाई ११ बुँदे नागरिक पत्र बुझाइएको थियो ।
गैसस महासंघ बागमती प्रदेशका कार्यवाहक अध्यक्ष कमलकुमार विश्वकर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा गैसस महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीसहित केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति, प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठ, जिसस मकवानपुरका प्रमुख ललित घलान, विभिन्न जिल्लाका गैरसरकारी संस्थाका प्रतिनिधि, नीजि क्षेत्र, नागरिक संघसंस्था र पत्रकारहरूको सहभागिता रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















