१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी कृष्ण हरि शर्मा , मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्का र सडकका इन्जिनियर नेतृत्वको टोलीले, नेपाली सेनाको टोलीले संयुक्त रुपमा मंगलबार पहिरोग्रस्त सडकको स्थलगत अवलोकन गरेपछि प्राविधिक टोलीले लोकपथ तत्काल बन्ने र संचालनमा ल्याउने सम्भावन कम रहेको जनाइएको छ।
असोज ११ र १२ गते आएको अविरल वर्षाले लोकपथको मकवानपुर तर्फको विभिन्न भागमा क्षती पुर्याउनुका साथै मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमाथि बनेको पुलको मकवानपुर तर्कको ५० मिटर भाग बगाएको छ।क्षतविक्षत सडकको स्थलगत अवलोकन पछि मन्त्री लामिछानेले हेटौँडाबाट भीमफेदी गाउँपालिका-८ स्थित ललितपुर जिल्लालाई जोड्ने बागमती पुल नजिकसम्म जसोतसो पुग्न सकिएपनी डेढ दर्जन स्थानमा पहिरो झरेको र पहिरो झरेको जोखिमपूर्ण दुई–तीन स्थानमा नेपाली सेनाले काम गरिरहेको बताए। सडकको अवस्था हेर्दा तत्काल सडक सञ्चालनमा सकिने अवस्था नरहेको मन्त्री लामिछाने बताएका छन् ।
निरीक्षण टोलीमा रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले प्रष्टखबर कुरा गर्दै बागमती पुलको मकवानपुर तर्फको भाग बगाएको खोलाले साबिकको ठाउँ परिवर्तन गरी बाढी आएकोले तत्काल मर्मत गर्न सक्ने अवस्था नरहेको बताए। सो पहिरोले कुलेखानी सिस्नेरी सडकखण्ड फाखेल-हुमाने सडकखण्डमा समेत क्षती पुगेको छ। कुलेखानी सिस्नेरी सडकखण्डको १ दर्जन बढी स्थानमा सडक र कल्भट बगाएको छ।
७ फागुन, हेटौंडा । आज ७५ औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी...
७ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसको...
६ फागुन, हेटौंडा। विगत केही समयदेखि हेटौंडा २ र वडा नम्बर ४ र आसपास स्थानमा खानेपानीको धारामा जडान गरिएको मिटर...
६ फागुन हेटाैडा । हेटाैडा- ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहले आयाेजना गरेकाे वक्तृत्वकला...
६ फागुन हेटाैडा । हेटाैडा-६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाले फागुन ७ गतेदेखि शुरु गर्न...
६ फागुन, हेटौंडा। गृहमन्त्री रमेश लेखकले दिगो शान्ति र सुशासनको यात्रालाई अगाडि बढाउन अहिलेको कांग्रेस, एमालेको...
६ फागुन, हेटौंडा । सामूहिक बलात्कारमा परेकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदाय मृत भेटिएको घटना अनुसन्धान गर्न...
६ फागुन, हेटौंडा । राष्ट्रिय सभाले भारतमा मृत्यु भएकी छात्रा प्रकृति लम्साललाई न्याय र नेपाली विद्यार्थीको...
६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
५ फागुन, हेटौंडा । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगले बिगत २० वर्षदेखि संचालनमा नरहेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
२९ माघ, हेटौंडा। उच्च अदालत पाटन इजलासले हेटौंडा उपमहानगरपालिकाको फोहोर व्यवस्थापन सम्बन्धमा दायर रिट निवेदन...