१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको छ।
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी कृष्ण हरि शर्मा , मकवानपुर प्रहरी प्रमुख एसपी विश्वराज खड्का र सडकका इन्जिनियर नेतृत्वको टोलीले, नेपाली सेनाको टोलीले संयुक्त रुपमा मंगलबार पहिरोग्रस्त सडकको स्थलगत अवलोकन गरेपछि प्राविधिक टोलीले लोकपथ तत्काल बन्ने र संचालनमा ल्याउने सम्भावन कम रहेको जनाइएको छ।
असोज ११ र १२ गते आएको अविरल वर्षाले लोकपथको मकवानपुर तर्फको विभिन्न भागमा क्षती पुर्याउनुका साथै मकवानपुर र ललितपुर जोड्ने बागमती नदीमाथि बनेको पुलको मकवानपुर तर्कको ५० मिटर भाग बगाएको छ।क्षतविक्षत सडकको स्थलगत अवलोकन पछि मन्त्री लामिछानेले हेटौँडाबाट भीमफेदी गाउँपालिका-८ स्थित ललितपुर जिल्लालाई जोड्ने बागमती पुल नजिकसम्म जसोतसो पुग्न सकिएपनी डेढ दर्जन स्थानमा पहिरो झरेको र पहिरो झरेको जोखिमपूर्ण दुई–तीन स्थानमा नेपाली सेनाले काम गरिरहेको बताए। सडकको अवस्था हेर्दा तत्काल सडक सञ्चालनमा सकिने अवस्था नरहेको मन्त्री लामिछाने बताएका छन् ।
निरीक्षण टोलीमा रहेको मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले प्रष्टखबर कुरा गर्दै बागमती पुलको मकवानपुर तर्फको भाग बगाएको खोलाले साबिकको ठाउँ परिवर्तन गरी बाढी आएकोले तत्काल मर्मत गर्न सक्ने अवस्था नरहेको बताए। सो पहिरोले कुलेखानी सिस्नेरी सडकखण्ड फाखेल-हुमाने सडकखण्डमा समेत क्षती पुगेको छ। कुलेखानी सिस्नेरी सडकखण्डको १ दर्जन बढी स्थानमा सडक र कल्भट बगाएको छ।
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...


















