Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

राहत र पुर्नस्थापनाका लागि गाउँपालिका महासंघ बागमती प्रदेशको आग्रह

Screenshot_20241004_16343-1728038988.jpg

१८ असोज, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले असोज ११ र १२ गते परेको अविरल बर्षापछिको बाढिपहिरोबाट भएको क्षतिमा तत्काल उद्धार, उपचार, राहत र पुर्नस्थापनाको काम अघि बढाउन आग्रह गरेको छ । महासंघका प्रदेश अध्यक्ष कर्णबहादुर मगरद्वारा शुक्रबार जारी अपिलमा विपदबाट बागमती प्रदेश बढि प्रभावित भएकोले तीनै तहको सरकारसंग विपदले गरेको क्षतिपछिको उद्धार, उपचार, राहत तथा पुर्नस्थापनाको कार्य प्रभावकारी बनाउन अनुरोध गरेको हो । 
महासंघले स्थानीय सरकारको क्षेत्रभित्र पर्ने राजमार्ग एवं अन्य सडक क्षेत्रमा अलपत्र परेका यात्रुहरुको उद्धार एवं खाना र बासका लागि सहजिकरण गर्नुका साथै आफ्नो स्रोतसाधनबाट गर्न सकिने सडक मर्मतको काममा तदारुकता देखाई आवतजावतको वातावरण तयार गर्न स्थानीय सरकारहरुलाई आग्रह गरेको छ । स्थानीय सरकारको क्षेत्रभित्र विपदबाट भएको जनधन एवं भौतिक संरचनाको क्षतिबारे यथाशिघ्र तथ्यांक संकलन गरी महासंघ एवं तथ्यांक माग गरेका निकायहरुलाई चाँडोभन्दा चाँडो उपलव्ध गराउन महासंघले आग्रह गरेको छ । 
विपदबाट प्रभावित स्थानीय सरकारहरुलाई यथाशिघ्र राहत प्याकेजको घोषणा गरी तत्काल निकासा गर्न र सिधैं स्थानीय सरकारमार्फत एकद्वार प्रणालीबाट वितरण हुने व्यवस्था मिलाउन प्रदेश एवं संघीय सरकारसंग महासंघ प्रदेश समितिले आग्रह गरेको छ । बर्षा अझै जारी रहेकोले घरविहिन हुन पुगेका परिवारलाई अस्थायी आवासको व्यवस्थापन एवं खाद्य सामग्रीको अभाव झेलिरहेका नागरिकलाई यथाशिघ्र खाद्यान्नको व्यवस्था गर्नुपर्नेमा महासंघको जोड छ । महासंघले विपदमा परी घाइते भएकाहरुको निःशुल्क उपचारका लागि प्रदेश एवं संघीय सरकारसंग आग्रह गरेको छ ।
विद्युत एवं संचार सुविधा अवरुद्ध भएका क्षेत्रमा यथाशिघ्र विद्युत सुचारु गर्न एवं संचार सुविधा स्थापित गर्न सम्बन्धित पक्षसंग महासंघले आग्रह गरेको छ । चाडवाडको समयमा धेरै सर्वसाधारण गन्तव्यमा जानुपर्ने भएकाले अवरुद्ध राष्ट्रिय राजमार्ग, रणनीतिक सडक, सदरमुकाम जोड्ने सडक सुचारु गर्न यथाशिघ्र बजेट विनियोजन गरी तत्काल काम अघि बढाउने वातावरण तयार गर्न र विपदको समयमा हुन सक्ने मूल्यबृद्धिप्रति सचेत रही अनुगमनका लागि महासंघले आग्रह गरेको छ ।
महासंघका अध्यक्ष मगरद्वारा जारी अपिलमा विपदको कठिन घडिमा तीनै तहका सरकार, राजनैतिक दल, नागरिक समाज, सबै बर्ग र क्षेत्रका महानुभावलाई धैर्यतापुर्वक परिस्थितिको सामना गर्दै उद्धार, उपचार, राहत र पुर्नस्थापनाको काममा जुट्न आग्रह गर्दै विपदमा दिवंगतप्रति श्रद्धाञ्जली एवं परिवारजनमा समवेदनाका साथै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

Release-about-disaster_-G-1728039723.jpg
Release-about-disaster_-G-1728039723.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार