Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यसरी बन्दैछ सिमखोला र महालक्ष्मीमा डाइभर्सन(फोटो फिचर)

आइतबार दिउँसोबाट गाडी चल्ने

Screenshot_20241006_07464-1728180175.jpg

सिमखोलामा बनाइएको डाइभर्सन

सुनिल शिवाकोटी

स्थलगत रिपोर्टिंग 

२० असोज, सिमखोला ।  असोज ११ र १२ असोजको अविरल वर्षापछि आएको भिषण बाढीले क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने र चखेल, मातातीर्थ हुदै काठमाडौं जोड्ने सडक आइतबार (आज) दिउँसोबाट सञ्चालनमा ल्याइने भएको छ। 

भिमफेदी कुलेखानी सडकखण्डअन्तर्गत इन्द्रसरोवर वडा नम्बर २ कुलेखानी ड्याममुनी रहेको सिमखोला माथिको पुल र सडक भत्काएपछि डाइभर्सन निर्माण गरी सोही वडाको वडा नम्बर २ सुकौरा स्थित महालक्ष्मी खोलाले भत्काएको बाटो  मर्मत गरिएपछि एक साताबाट अवरुद्ध सडकमा आइतबारबाट सवारीसाधन गुड्ने भएका हुन्।

अवरुद्ध सडकलाई संचालनमा ल्याउन र कामलाई अन्तिम रुप दिन शनिबार बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री अमन मास्के, मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल,  यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेल, मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्का, सशस्त्र प्रहरी बल १४ नम्बर गण मकवानपुरका एसपी ज्ञान प्रसाद भुर्तेल, इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी प्रमुख प्रहरी निरीक्षक लजिता ढकाल सहितको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको थियो। फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा रहेकाले आज आइतबारबाट सडक सञ्चालन आउने यातायात पूर्वाधार निर्देशनालय बागमती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले बताएका छन् । सो सडक खण्ड संचालनमा ल्याउन सिमखोला होटल नजिकबाट हेभी नजिकै फुटबल चौर निस्कने गरी ४ वटा हुउमपाइप हाली डाइभर्सन निर्माण र महालक्ष्मी खोलामा सडक निर्माण गरिएको छ। उक्त सडकखण्ड संचालन बारे स्थलगत अनुगमनमा पुगेको भौतिक पूर्वाधार विकास मन्त्री मास्केले अन्य कुनै समस्या नआए आइतबार दिउँसोबाट सडकमा गाडी गुडाउन मिल्ने बताएका छन्।उनले सो सडक खण्ड संचालनमा आएपनी कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भने अझ केही दिन कुर्नुपर्ने बताएका छन।

यता इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले कुलेखानी जलविद्युत आयोजनाले भौगोलिक अवस्था नसोची जलाशयको ढोका खोल्दा गाउँपालिकाले यो प्रकोपको सामना गर्न परेको आरोप लगाएका थिए ।उनले भत्किएका सडक निर्माणका  लागि बागमती प्रदेश सरकार, मकवानपुरका प्रहरी प्रशासनले देखाएको सक्रियताको खुलेर प्रशंसा गरेका छन्।

स्थलगत अनुगमनमा पुगेका मकवानपुरका प्रजिअ चिलुवालले काम गर्ने प्राविधिक टोली, प्रहरी स्थानीयको सहयोगले जीर्ण र क्षतीग्रस्त सडक एक हप्तामै संचालनमा ल्याउन सफल भएको बताएका छन्। प्रजिअ चिलुवालले अवरुद्ध कान्तिलोकपथ सडकखण्डको मकवानपुरको भिमफेदि-८ मा बगुवा(बागमती) खोला नजिकैबाट  डाइभर्सन निर्माण गरी सोमबारसम्ममा सडक संचालनमा ल्याइने बताएका छन् ।

असोज ११ र १२ गतेको अविरल वर्षाले इन्द्रसरोवर २ स्थिति सिमखोल, बादँरे, सुकौरामा सडकखण्ड बगाएको थियो । अहिले मकवानपुर अन्तर्गत धरान चतरा सडकखण्ड, त्रिभुवन राजपथ अन्तर्गत चित्लाङ थानकोट सडकखण्ड र पूर्व पश्चिम राजमार्ग मात्र संचालनमा रहेका छन्। फाखेल-हुमाने, चखेल मातातीर्थ र कान्तिलोकपथ संचालनमा आएपछि सवारी आवागमनमा सहजता हुने र देखिदै आएको लामो सवारी जाप हट्नेछ।

Screenshot_20241006_07460-1728180175.jpg

महालक्ष्मी खोलामा भत्केर बनाइएको सडक

Screenshot_20241006_07483-1728180292.jpg
Screenshot_20241006_07485-1728180292.jpg

फाखेल तर्फ खसेको पहिरो हटाइदै

Screenshot_20241006_07501-1728180869.jpg

सिस्नेरि तर्फ बाँदरेमा भत्केको सडक

Screenshot_20241006_07480-1728180914.jpg

अनुगमनमा पुगेको मन्त्री, प्रजिअ सहितको टोली

Screenshot_20241006_08051-1728181262.jpg

बाढीले भत्काएको सिमखोला पुल र सडक


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

थप समाचार