Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

हेटौंडा सिमेन्ट उद्योगको तार चोरी

Screenshot_20241018_10262-1729226929.jpg

२ कार्तिक, हेटौंडा । हेटौँडा-९ लामसुरेमा नेपाल सरकारको स्वामित्वमा रहेको सिमेन्ट उद्योगको क्रसरको तार चोरी भएको छ ।
क्रसरमा प्रयोग भएका विभिन्न प्रकारका करिब १ सय ५० मिटर तामाको तार चोरी भएको जनाइएको छ । यो घटना असोज २२ गते राति २ बजेको भएपनि बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चोरीको निवेदन परेपछि घटना सार्वजनिक भएको हो । मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले चोरी भएको निवेदन प्रहरी कार्यालयमा आएको र घटनाको अनुसन्धान शुरु भइसकेको जनाइएको छ । 
उद्योगका सुरक्षागार्डका अनुसार १०/१२ जना युवाहरूको समूहले तार चोरी गरेर लगेको भन्ने जनाएको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उद्योग परिसर इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट करिब २ किलोमिटर क्षेत्रमा पर्छ, इप्रका पशुपतिनगरमा प्रहरी निरीक्षकको नेतृत्व रहेको छ ।
घटनाले सुरक्षा गार्ड र उद्योग प्रशासनको कमजोरी देखिएको छ । उद्योग क्षेत्रमा बागमती प्रदेश सरकारका मन्त्रीहरूको क्वाटर समेत रहेको छ । मकवानपुर प्रहरीले ढिला गरी घटनाको जानकारी आएकोले अनुसन्धान भइरहेको जनाएको छ।यता उद्योगको सुरक्षाका लागि बज्र सेक्युरिटी कम्पनीलाई जिम्मेवारी दिइएको छ । सेक्युरिटी कम्पनीको कमजोरीका कारण चोरी भएको उद्योग प्रशासनले जनाएको छ। चोरी भएको तारको बजार मूल्य करिब १० लाख रहेको जनाइएको छ। 

 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg