Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा सिमेन्टको तार र संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जना पक्राउ

FB_IMG_1729778795219-1729778809.jpg

८ कार्तिक, हेटौंडा।  मकवानपुर प्रहरीले हेटौंडा सिमेन्ट उद्योगमा तार चोरी गर्ने ३ जना, संचारकर्मीको मोटरसाइकल चोरी गर्ने सहित ९ जनालाई चोरीको सामान सहित सार्वजनिक गरेको छ ।बिहीबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन मार्फत चोरीका सामान सहित ९ जनालाई सार्वजनिक गरिएको हो। 

मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्वराज खड्काले पत्रकार सम्मेलनमा १०५ किलो ६९ ग्राम लागू औषध गाँजा सहित बसामाडी– ३ बस्ने २४ वर्षका पन्चलाल थिङ पक्राउ परेको बताएका छन्  । उनलाई हेटौंडा– १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डको रजैया जाने जंगल छेउमा रोकी राखेको बागमती प्रदेश ०१–०२५ च ७८७१ नं को योद्धा पिकअप गाडीमा लुकाइ ल्याएको लागुऔषध गाँजा सहित पक्राउ गरिएको जनाइएको छ।  

 त्यसैगरी असोज २२ गते हेटौंडा सिमेन्ट उद्योगको क्रसरबाट तार चोरी गर्ने ३ जनालाई बिजुलीको तारहरु सहित पक्राउ गरिएको बताए। चोरीमा संलग्न हेटौंडा– १२ बाट मनिराज थोकर, हेटौंडा– १३ बस्ने २८ वर्षिय सन्त बहादुर तितुङ र हेटौंडा– ४ स्थित फरेष्टी गेट नजिक कवाडी पसलका संचालक भारत मोतिहारी जिल्ला चिरैया थाना वडा नंबर– ७ बस्ने दिल खुश कुमार साह पक्राउ परेको जनाइएको छ। 

त्यस्तै हेटौडा–८ कर्णावती मार्ग स्थित शिव गौतमको निर्माणाधिन घरबाट बिजुलीको तारहरु चोरी भएको घटना सम्बन्धमा अनुसन्धानको क्रममा चोरीको सामान सहित हेटौंडा–८ कमाने बस्ने २६ वर्षिय सुमन राई , २५ वर्षिय को समिर घिमिरे र कमाने बिन्दबासिनी स्थितमा निर्माणाधिन चर्चको भवनमा राती सुतेको अवस्थामा २४ वर्षिय सुशान्त श्रेष्ठलाई नियन्त्रणमा लिएको  जनाएको छ । यता  हेटौंडा–८ क्याम्पा स्थित हेटौडा फन भिल्लाबाट साउण्ड सिस्टम १ थान र नगद २० हजार चोरी गर्ने र हेटौंडा–२ स्थित शान्तीटोल बस्ने  संचारकर्मी राजेश थापा क्षेत्रीको ना ३ प ४७३ नम्बरको  मोटरसाइकल चोरी गर्ने हेटौंडा ८ कमाने बस्ने २४ वर्षिय सुशान्त श्रेष्ठ समेतलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

यसैगरी मकवानपुरगढि गाउँपालिका–२ शिखरकटेरी स्थित कान्तीलोक पथ सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा प्रदेश २–०१–००३ प ६१०५ नंबरको मोटरसाइकल चालक कञ्चनपुर जिल्ला बेलडी गाउँपालिका वडा नंबर–३ घर भई फाष्ट ट्रयाकमा वेल्डिङको काम गर्ने मिस्त्री २४ वर्षिय राजेश्वर चौधरी र निजको मामा राहुल चौधरीलाई लेनडांडाबाट ३७ किलो सेतो धातुको बिजुलीको तार चोरी गरी हेटौडा तर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका ९ जनामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार