Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

यस वर्ष लक्ष्मीपूजाको दिन विद्युतको माग १६०२ मेगावाट

Screenshot_20241101_10193-1730435778.jpg

१६ कार्तिक, काठमाडौँ। यस वर्षको  लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) १६०२ मेगावाट रेकर्ड गरिएको छ । लक्ष्मीपूजाको दिन बिहीबार साँझ ६:२५ बजे पिक डिमाण्ड १६०२ मेगावाट रेकर्ड गरिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

गत वर्षको २६ कात्तिकमा लक्ष्मीपूजाको दिनको विद्युत् पिक डिमाण्ड १४३८ मेगावाट रेकर्ड गरिएको थियो। यो वर्ष अघिल्लो वर्ष भन्दा १६४ मेगावाट बढी माग भएको हो।  तिहारमा उद्योग, कलकारखानाहरू बन्द हुने भएकाले रेकर्ड गरिएको पिक डिमाण्ड औद्योगिक ग्राहक बाहेकको हो । लक्ष्मीपूजाको दिनको पिकको विद्युत् मागलाई देशभित्रैका विद्युत्गृहहरुबाट उत्पादन गरी आपूर्ति गरिएको प्राधिकरणले जनाएको छ ।देशभित्रको विद्युत् मागलाई पूरा गरी अतिरिक्त भएको २५३ मेगावाट विद्युत् पिक समयमा भारततर्फ निर्यात गरिएको छ । गत वर्ष लक्ष्मीपूजा पिक समयमा ५१७ मेगावाट मात्र निर्यात गरिएको थियो ।यस वर्ष असोज १२ को बाढी पहिरोले ट ४५६ मेगावाटको माथिल्लो तामाकोशी, काबेली करिडोर प्रसारण लाइनमा जोडिएको करिब २०० मेगावाट र अन्य केही साना जलविद्युत आयोजनामा क्षती पुग्दा विद्युत् उत्पादन बन्द भएको छ।लक्ष्मीपूजाको दिन निर्यातसहित प्रणालीमा समग्र विद्युत्को माग १८५५ मेगावाट रेकर्ड गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार