Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा सानोपोखरामा तीनवटा सवारी ठोक्किदा ५ जना घाइते

IMG-20241101-WA0000-1730453284.jpg

दुर्घटनाग्रस्त कार

१६ कार्तिक, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-५ सानोपोखरा चोकमा तीन वटा सवारी एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा ५ जना  घाइते भएका छन्। 

शुक्रबार दिउँसो  सानोपोखरा चोकमा  चौघडाबाट हेटौडाबजार तर्फ आउदै गरेको बा १३ च २००७ नम्बरको कार र  सोही  दिशा तर्फ बाट आउदै गरेको ना ६४ प २८३६ नम्बरको स्कुटर र  बागमती प्रदेश -०३-००४६ प ०२५७ नम्बरको स्कुटर  ठोक्किदा दुर्घटना भएको हो। तीनवटा सवारी ठोक्किदा सडक पेटीमा पैदल हिडिरहेको बाराको कोल्बी नगरपालिका १ बस्ने बर्ष अन्दाजी २३ वर्षीय दिप नारायण चौधरी घाइते भएका छन्। उनलाई कारले ठक्कर दिएको बुझिएको छ ।

दुर्घटनामा  ना ६४ प २८३६ नम्बरको स्कुटर चालक  हेटौडा - ५ बस्ने अन्दाजी ३० वर्षीय नारायण तिमल्सिना सोही स्कुटरमा सवार  अन्दाजी २७ वर्षीया  अस्मिता सापकोटा,बा १३ च २००७ नम्बरको कारमा सवार सर्लाही गोडाइता गाउँपालिका ५ बस्ने अन्दाजी २८ वर्षीया रन्जित कुमारी शाह, निजको  ३ वर्षीय छोरा कुशल रौनियार घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् । घाइते सबैको हेटौंडा अस्पतालमा उपचार भइरहेको र चौधरीको अवस्था गम्भीर रहेको जनाइएको छ। तीन वटै सवारी वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराको नियन्त्रणमा रहेको जनाइएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भारतका विदेश सचिव नेपाल आउँदै
bikram-mishri4-1755352900-1793665311.jpg

१७ कार्तिक, हेटौंडा । भारतका विदेश सचिव विक्रम मिस्रीले यही कात्तिक १८ गते बुधबार र १९ गते बिहीबार नेपालको...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1793665142.jpg

१७ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश लगायत देशको हिमाली र...

काठमाडौँ गोर्खाज विजयी
kathmandu-win-1793664878.jpg

१७ कार्तिक, हेटौंडा । काठमाडौँ गोर्खाजले कर्णाली याक्सविरुद्ध सानदार जित निकालेको छ । कीर्तिपुरस्थित त्रिवि...

सुदूरपश्चिम रोयल्सको दोस्रो जित
885226346_149160703954028-1793661958.jpg

१७ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा दोस्रो जित निकालेको छ...

रास्वपाको स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति
RSP-raswapa-1766815646-1793580041.jpg

१६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तहको उम्मेदवार छनोट गर्न ७ उपसमिति गठन...

न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी
sunuwai-samiti-1793579824.jpg

१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...

लागुऔषध कारोबारमा संलग्न दुई पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1793579475.jpg

१६ कार्तिक, हेटौंडा । कपिलवस्तुमा प्रहरीले दुई राउन्ड हवाई फायर गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ...

एनपीएलमा आज सोमबार दुई खेल हुने
Nepal_Premier_League_offi-1793579069.png

१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1793578781.jpg

१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...

थप समाचार