Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मनाङेलाई सर्वोच्चद्वारा ज्यान मार्ने उद्योगमा दोषी ठहर

deepak_manange_1619693274-1730814667.jpg

फाइल तस्विर

२० कार्तिक, हेटौंडा । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ।
उच्च अदालत पाटनको फैसलालाई सर्वोच्चले सदर गरेको हो । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै उच्चको फैसलालाई सदर गरेको छ। उच्च अदालत पाटनले ५ वर्ष कैद तोकेको थियो।
मनाङेको समूहले २०६१ सालमा गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो। गुण्डागर्दी पृष्ठभूमिका मनाङेले गत निर्वाचनमा मनाङ (ख) बाट गण्डकी प्रदेश सभामा सर्वसम्मत निर्वाचित भएका थिए। उनले २०७४ मा पनि मनाङ (ख) बाट निर्वाचित हुँदै संसदीय यात्रामा डेब्यु गरेका हुन् ।
उनी गण्डकी प्रदेश सरकारमा छैठौं पटकसम्म मन्त्री भएर रेकर्ड बनाएका छन्। पछिल्लो पटक भदौ १७ मा गण्डकी प्रदेश सरकारमा नेकपा एमाले सहभागी भएसँगै मनाङेले राजीनामा दिएका हुन् ।
उनलाई भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट वन मन्त्रालयमा सारेपछि असन्तृष्ट बन्दै राजीनामा दिएका थिए। (देशसंचारबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार