Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सिर्जनशिल समाजको  साधारणसभा  सम्पन्न

FB_IMG_1731152507182-1731158855.jpg

२४ कर्तिक, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा रहेको सिर्जनशिल समाज  बचत तथा ऋण  सहकारी  संस्थाको १८ औ वार्षिक  साधारणसभा  शनिवार  सम्पन्न  भएको छ  ।
बागमती  प्रदेश सभा सदस्य  भारती पाठकको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  कृष्ण  बिडारीको सभाध्यक्षतामा साधारणसभा  भएको हो  ।
साधारणसभामा संस्थाका अध्यक्ष  बिडारीले संस्थागत प्रतिवेदन कोषाध्यक्ष चुडा बहादुर बन्जराले आर्थिक  प्रतिवेदन र लेखा संयोजक अर्जुनप्रसाद  सापकोटाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा अधिक बाल बचतकर्ता अजय ढुङ्गाना, अधिक मासिक बचतकर्ता गोकुल दाहाल,असली कारोवारी तिलककुमारी घलान, ज्येष्ठ  शेयर सदस्य ठमनाथ चौलागाई र २०८० सालको एसईई परीक्षामा  उत्कृष्ट  अंक हासिल गर्ने समीक्षा फुयाललाई पुरस्कृत  गरिएको  थियो । सभामा मकवानपुरगढी ३ का वडा अध्यक्ष  भागवत घिमिरे, ४ का वडा अध्यक्ष  अर्जुनप्रसाद  तिमल्सिना , जिल्ला  बचत तथा ऋण  सहकारी  संघ सञ्चालक सदस्य यसोदा पराजुली , राष्ट्रिय  सहकारी  बैक हेटौडा शाखाका विक्रम पौडेल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष  निर्मला देवकोटा, हिमाल महिला बहुउद्देश्यीय  सहकारी  संस्था अध्यक्ष  जानुका दाहाल, कालीदेवी दुग्ध  उत्पादक सहकारी  संस्था अध्यक्ष  विक्रम योन्जन, रानी सामुदायिक  वनका उपाध्यक्ष  केशव धिताल, शहिद रुद्र  पाख्रिन स्वास्थ्य  चौकी प्रमुख लक्ष्मण दाहाल, सल्लाहकार खिल प्रसाद चौलागाई, राजकुमार चौलागाई,उपाध्यक्ष  लक्ष्मण भट्टराई , सचिव सर्कलाल लो लगायतको आतिथ्यता रहेको थियो ।८ सय ८९ जना शेयर सदस्य रहेको संस्थाको शेयर पूजी ४७लाख १३ हजार निक्षेप ४ करोड २४ लाख र ऋण  लगानी ४ करोड ६५ लाख रहेको  ब्यवस्थापक विमला न्यौपानेले जनाएकी छिन् । ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार