Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१२ मा उम्मेदवार टुंगो लगाउँदै दल, वडा केन्द्रित चुनावी गतिविधि बढ्दै

Screenshot_20241110_18413-1731245010.jpg

माथिबाट क्रमशः कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार

सुनिल शिवाकोटी

२५ कार्तिक, हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का  वडा अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएसंगै यतिबेला  हेटौँडा १२ कार्यवाहक अध्यक्षले चलाइरहेका छन् । देशभर स्थानीय तहमा खाली रहेको प्रमुख, उपप्रमुख र वडा अध्यक्षका लागि निर्वाचन आयोगले निर्वाचन आयोगले मंसिर १६ गते उप निर्वाचन गर्दैछ । आयोगले मंसिर १६ गते हेटौँडा १२ मा उपनिर्वाचन गर्दैछ । आगामी मंसिर १६ गते मकवानपुरमा हुने उप निर्वाचन यही वडामा मात्र हो । 

यतिबेला वडाध्यक्षको निर्वाचनका लागि उम्मेदवार छान्न दलहरुलाई चटारो परेको छ । उप निर्वाचनमा मुख्यतः ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच प्रतिस्पर्धा हुने देखिएको छ । सरकारको प्रतिनिधित्व गरेका मुख्य २ दल कांग्रेस, एमालेले पुराने उमेदवारलाई चुनावी मैदानमा खडा गरेका छन् भने संसदको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भने नयाँ अनुहारलाई खडा गरेको छ ।

२०७९ मा भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उमेदवार ललितबहादुर घलानले एक हजार ३७१ मत प्राप्त गर्दै विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेदवार अर्जुन तिवारीले एक हजार ३४० मत र एमालेक उमेदवार राजेश नगरकोटीले एक हजार ३२५ मत प्राप्त गरेका थिए । यही नतिजालाई हेर्दा घलान र तिवारी बिच ३१ मतान्तर रहेको छ भने नगरकोटीले प्राप्त गरेको मत घलान भन्दा ४६ र तिवारी भन्दा १५ मतले कम हो ।

मंसिरमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले अर्जुन तिवारी र नेकपा एमालेले राजेश नगरकोटीलाई उम्मेदवार बनाएको छ भने माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ ।

कांग्रेस १२ नम्बर वडा कार्य समितिले अर्जुन तिवारी, शरण घिसिङ, कुमार पोखरेल, गीता न्यौपाने, सुदर्शन लामा गरी ५ जना उमेदवारको नाम पठाएकोमा पाँच जनाबीच सहमतिमै तिवारीलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुन चौलागाईंले प्रष्ट खबरलाई बताएका छन् । 

यता, नेकपा एमालेले युवा संघ मकवानपुरका अध्यक्ष समेत रहेका राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । एमालेले नगरकोटी युवा र गत निर्वाचनमा थोरै मतान्तरले पराजित भएको र यसपटक जित्ने जनलहर देखिएकोले पुनः उमेदवार बनाएको बताउँदै आएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले पनि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार वडा, नगर र जिल्ला कार्यसमितिको संयुक्त बैठकले आशाबिर बललाई वडा अध्यक्षको उम्मेदवारमा अघि सारेको छ ।

अहिले दलका नेताहरू १२ वडा केन्द्रित भएका छन् ।चाडवाड पनि सक्किएकाले अब चुनावी माहोल तात्ने दलका नेता कार्यकर्ताले चर्चा गर्न थालेका छन् । यस निर्वाचनले काँग्रेस –एमाले मकवानपुरमा झागिएको गुटको बिउ र मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने राजनैतिक विश्लेषकहरु बताउछन् । नेकपा माओवादी केन्द्र मकवानपुर वडा नगुमाउने दउमा छ भने कांग्रेस एमाले एउटा वडामा जनप्रतिनिधि बढाउने दाउमा छन् । केन्द्र र प्रदेश सरकारमा गठबन्धन भए पनि वडामा गठबन्धन नहुने भएको छ ।

हेटौँडा उपमहानगरको १९ वडामा हाल ८ वडामा कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष , एमालेबाट ९ वडामा निर्वाचित वडा अध्यक्ष र नेकपा एसबाट एउटा वडामा मात्र वडा अध्यक्ष निर्वाचित छन भने १२ नम्बर वडा कार्यवहाक वडाअध्यक्षको नेतृत्वमा रहेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार