१ मंसिर, हेटौंडा । नेपालमा उत्पादित विद्युत् शुक्रबारबाट बंगलादेश निर्यात हुन थालेको छ । नेपालबाट ४० मेगावाट विद्युत् भारतको प्रसारण लाइन हुँदै बंगलादेश पुर्याइएको हो । नेपालबाट बंगलादेशमा विद्युत् निर्यात करिब ६ वर्षको गृहकार्यपछि सम्भव भएको हो । दिउँसो साढे १२ बजेबाट साढे ११ घण्टा विद्युत् निर्यात गर्दा नेपाल विद्युत् प्राधिकरणलाई २८ हजार १ सय ६० डलर (३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ) आम्दानी भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा उत्पादित विद्युत् ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिक्री गर्ने छ । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० र २१.४० गरी ४० मेगावाट बिजुली बंगलादेशतर्फ निर्यातका लागि कात्तिक २९ मा स्वीकृति दिएको थियो । यो स्वीकृति सन् २०२९ अक्टोबर २ सम्मका लागि छ ।
नेपालमा उत्पादित विद्युत् बंगलादेश निर्यात गर्दा ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेसन पुर्याइन्छ । त्यहाँबाट भारतको प्रसारण लाइनमार्फत बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बंगलादेशमा विद्युत् पुग्छ ।
नेपाल र बंगलादेशबीच विद्युत् व्यापार डलरमा हुन्छ । भारतसँग भारुमा मात्रै विद्युत् खरिदबिक्री भइरहेको छ । विद्युत् बिक्रीबापत प्राधिकरणले बंगलादेशबाट प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउँछ । ‘शुक्रबार बंगलादेशतर्फ ४० मेगावाट बिजुली साढे ११ घण्टा निर्यात गर्दा प्राधिकरणले ३७ लाख ९३ हजार ४ सय ३३ रुपैयाँ पाउँछ,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारण लाइनको प्राविधिक चुहावट प्राधिकरणले बेहोर्नुपर्छ ।’ घिसिङका अनुसार प्राधिकरणले विद्युत्को मूल्य भारतको मुजफ्फरपुर बिन्दुको हिसाबमा पाउँछ । मुजफ्फरपुर बिन्दुपछिको प्रसारण लाइन शुल्क, चुहावट, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्क बंगलादेशले नै बेहोर्नेछ । (इकान्तिपुरबाट)
२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...
२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...
२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...
२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, गण्डकी प्रदेश...
२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...
२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...
२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
१२ कार्तिक, सल्लेरी। सोलुखुम्बुको लोबुचेमा हिउँमा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको छ। बुधबार बिहान पर्यटक लिन...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
१४ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य थयावत राखेको छ...
१४ कार्तिक, हेटौंडा । बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
१४ कार्तिक, हेटौंडा । नेपाल राष्ट्रिय पुरुष फुटबल टिमका प्रशिक्षक म्याट रसले राजीनामा दिएका छन् । अस्ट्रेलियन...
-1731719091.jpg)

















