Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा-१२ उपनिर्वाचन: बढे मतदाता, नेताहरु वडा केन्द्रित

Screenshot_20241116_19512-1731766015.jpg

सुनिल शिवाकोटी
१ मंसिर , हेटौंडा । २०७९ बैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का  वडा अध्यक्ष ललितबहादुर घलान जिल्ला समन्व्य प्रमुखमा निर्वाचित भएसंगै यतिबेला  हेटौँडा १२ कार्यवाहक अध्यक्षले चलाइरहेका छन् । देशभर स्थानीय तहमा खाली रहेको प्रमुख, उपप्रमुख र वडा अध्यक्षका लागि निर्वाचन आयोगले मंसिर १६ गते हेटौँडा १२ मा उपनिर्वाचन गर्दैछ । आगामी मंसिर १६ गते मकवानपुरमा हुने उप निर्वाचन यही वडामा मात्र हो ।
२०७९मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन पछि ३१ महिनाको अवधिमा हेटौंडा १२ मा मतदातको संख्या बढेको छ । साबिको पदमपोखरी गा वि सको वडा नम्बर ४,५,७,८ र ९ मिलेर बनेको यस वडा  १६.१४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यस वडाको पुर्व सिमानामा हेटौंडा वडा नम्बर १३को वनस्पति , पश्चिमा मनहरी गाँउपालिका वडा नम्बर ३, उत्तरमा राप्ति खोला (हेटौंडा वडा नम्बर  ३,११र १९को सिमाना ) र दक्षिणतर्फ वडा नम्बर १३ र मनहरी वडा नम्बर १ मा अवस्थित छ। २०७९ को जनगणना अनुसार यस वडाको जनसंख्या ९ हजार २४८ रहेको छ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा ६४६५ मतदाता रहेको यस वडामा मंसिर १६ गते हुने उप निर्वाचनका लागि ८०५३ मतदाता कायम गरिएको छ। कायम गरिएको संख्यामा ३८७८ पुरुष र ४१७४ महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले उपलब्ध गराएको र जारी गरेको तथ्यांक अनुसार  ३१ महिनाको अन्तरालमा हेटौंडा-१२ मा १ हजार ५८८ मतदाता थप भएका छन् ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा ६२ प्रतिशतको हाराहारीमा मत खसेको यस वडामा मतदाता बढ्दा सोही प्रतिशत कायम होला या नहोला भन्ने बारे अंक गणित शुरु भइसेकेको छ । यता उपनिर्वाचनका लागि भोलीबाट मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक भइसकेको छ। निर्वाचन नजिकै जाँदा यतिबेला वडाध्यक्षका उम्मेदवारलाई घरदैलो र प्रचारप्रसारको चटारो परेको छ । निर्वाचन आयोगले भोलीबाटै आचारसंहिता लागु हुने भनेर जनाइसकेको छ। 

उपनिर्वाचन नजिकै गर्दा हेटौंडा १२ मा उप निर्वाचनमा मुख्यतः ३ दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच प्रतिस्पर्धा हुने देखिएको छ भने प्रतिस्पर्धाको दौडमा रास्वपा पनि लागि परेको छ।  माओवादी परित्याग गरि उम्मेदवार बनेका आशाबिर बल बलियो उम्मेदवार रहेको रास्वपा मकवानपुरले दाबी गरेको छ। आफ्नो सभापति गिरफ्तारको पिडा बिर्सेर रास्वपा मतदाता भेटघाटमा व्यस्त छ । राष्ट्रिय प्रजातन्त्र पार्टी पनि रास्वपासंगसंगै  बाजी मार्ने दौडमै रहेको छ। राप्रपा पनि आफ्ना  उम्मेदवारलाई भेटघाटमै व्यस्त बनाएको छ। 

सरकारको प्रतिनिधित्व गरेका मुख्य २ दल कांग्रेस, एमालेले पुरानै उमेदवारलाई चुनावी मैदानमा खडा गरेका छन् भने संसदको प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले भने नयाँ अनुहारलाई खडा गरेको छ ।
२०७९ मा भएको स्थानीय तह सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रका उमेदवार ललितबहादुर घलानले एक हजार ३७१ मत प्राप्त गर्दै विजयी भएका थिए भने उनका प्रतिस्पर्धी कांग्रेसका उमेदवार अर्जुन प्रसाद तिवारीले एक हजार ३४० मत र एमालेका उम्मेदवार राजेश नगरकोटीले एक हजार ३२५ मत प्राप्त गरेका थिए । यही नतिजालाई हेर्दा घलान र तिवारीबिच ३१ मतान्तर रहेको छ भने नगरकोटीले प्राप्त गरेको मत घलान भन्दा ४६ र तिवारी भन्दा १५ मतले कम हो ।
मंसिरमा हुने उपनिर्वाचनमा नेपाली कांग्रेसले अर्जुन प्रसाद तिवारी र नेकपा एमालेले राजेश नगरकोटीलाई उम्मेदवार बनाएको छ भने माओवादीले रविन प्रधानलाई वडाअध्यक्षको उम्मेदवार बनाएको छ। कांग्रेस युवा नेता समेत रहेका तिवारी पूर्व जिल्ला सदस्य हुन भने युवा, वृद्ध, वृद्धा, महिला, विद्यार्थीमाझ लोकप्रिय मानिन्छन्।नेकपा एमालेले युवा संघ मकवानपुरका अध्यक्ष समेत रहेका राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले पनि उम्मेदवारको टुंगो लगाएको छ । रास्वपाले आशाबिर बललाई वडा अध्यक्षको उम्मेदवारमा अघि सारेको छ । बल माओवादी पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरेका हुन्।यता राप्रपाले पनि प्रेम भ्लोन लामालाई वडाध्यक्षको उम्मेदवार बनाएर चुनावी मैदानमा होमिएको छ। मुख्य प्रतिस्पर्धी दल र  दलका नेताहरू अहिले १२ वडा केन्द्रित भएका छन् । नेकपा माओवादी केन्द्र मकवानपुर वडा नगुमाउने दाउमा छ भने कांग्रेस एमाले एउटा वडामा जनप्रतिनिधि बढाउने दाउमा छन् । केन्द्र र प्रदेश सरकारमा गठबन्धन भए पनि वडामा गठबन्धन नहुने भएको छ । अघिल्लो निर्वाचन पछिको ३१ महिनाको अन्तरालमा मतदाताको संख्या बढेकोले हेटौंडा १२ मा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार