८ मंसिर, हेटौंडा । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि यति बेला हेटौंडा १२ मा राजनीतिक दलले चुनावी अभियान तिब्र पारेका छन् । भोट हाल्ने दिन नजिकै जाँदा उम्मेदवारहरु चुनावी अभियानलाई तिब्र बनाउँदै घरदैलोमा पुगी मतदाता फकाउन व्यस्त रहेका हुन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राजस्व, राप्रपा, जसपा लगायतका दलहरू सहित १२ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
नेपाली कांग्रेसका वडाध्यक्ष पदका उम्मेदवार अर्जुनप्रसाद तिवारी बिहानैदेखि घरदैलोमा व्यस्त रहेका छन् । झिनो मतले २०७९ को निर्वाचनमा पराजित भएका तिवारी यस पटकको उपनिर्वाचनमा जनताको अमूल्य मत प्राप्त गर्न घर घर पुगेर विगतमा थोरै मतले पराजित भए पनि विकासमा निरन्तर जोडिएकोले आफुलाई मत दिन आग्रह गरिरहेका छन् । मतदाताले आफुलाई साथ दिने क्रम बढिरहेका जित्ने दावी उनको छ ।
त्यसैगरी नेकपा एमालेबाट वडाध्यक्षको उम्मेदवारी दिए राजेश नगरकोटी पनि घर दैलोमै व्यस्त रहेका छन् । नगरकोटी एमाले जिल्ला र स्थानीय नेता कार्यकर्तासहित घरदैलोमा छन् । उनी पनि यसपालि विगतको तेस्रो स्थानमा रहेको अवस्थाबाट मतदाताको मन जित्दै बाजि मार्ने तयारीमा छन् ।
नेकपा माओवादीका केन्द्र हेटौंडा उपमहानगरपालिमा यहि एउटा मात्र वडामा झण्डा गाड्न सफल भएकोले वडामा जित्नै पर्ने दवावसहित घर दैलोमा व्यस्त छ । माओवादी केन्द्रका उम्मेदवार रविन प्रधान मतदाताको मन जित्न घर घर पुगेका छन् । आफुलाई मत दिएर विजयी गराउन आग्रह गर्दै आफुले जिते विकासमा जनतालाई साथ दिने प्रतिवद्धता जनाइरहेका छन् । राप्रपाका उम्मेदवार प्रेम भोलन, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशावीर बलसहित विभिन्न दल र स्वतन्त्र उम्मेदवार आफ्नो पक्षमा माहोल बनाउन व्यस्त छन् ।
चुनावी अभियानलाई व्यवस्थित ढंगले अघि बढाउन दलहरूले छलफल गरि फरक फरक टोल मिलाएर अभियान संचालन गरिरहेका छन् । उम्मेदवारहरू मूल सडकमा मात्रै नभई खेतिपातिमा व्यस्त मतदाताको खेतबारीमै पुगिरहेका छन् । हेटौंडा-१२ मा केही पुराना र केही नयाँ उम्मेदवार मैदानमा छन् ।
२०७९ को स्थानीय तह सदस्य निर्वाचनमा ६४६५ मतदाता रहेको यस वडामा मंसिर १६ गते हुने उप निर्वाचनका लागि ८०५३ मतदाता कायम गरिएको छ। कायम गरिएको संख्यामा ३८७८ पुरुष र ४१७४ महिला रहेका छन् । जिल्ला निर्वाचन कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्यांक अनुसार ३१ महिनाको अन्तरालमा हेटौंडा १२ मा १ हजार ५८८ मतदान थप भएका छन् ।
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)