१५ मंसिर, हेटाैंडा। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते (भोली) हुने उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ। वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४५ जना कर्मचारी खटाइएको छ ।
उक्त वडामा भोर्लेमा रहेको विष्णु आधारभूत विद्यालय र सिग्रेनीमा रहेको प्रतिभा आधारभूत विद्यालय मतदाता केन्द्र रहेको छ।विष्णु आधारभूत विद्यालय मतदान केन्द्रमा ४ वाट केन्द्र र प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा ५ वटा केन्द्र निर्धारण गरिएको छ। विष्णु आधारभूत विद्यालय मतदान केन्द्र भोर्लेमा ३६२५ मतदाता र प्रतिभा आधारभूत केन्द्रमा ४४२८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ। ९ वटा केन्द्रमा ५ जना कर्मचारीका दरले ४५ जना कर्मचारीलाई मतदान स्थलमा खटाइएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई जनाएकी छिन्। खटिएका ४५ जना कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी थिइन्। यता मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिएका छन् । उनले मतदान हुने अघिल्लो दिन आज रातीदेखि नै मतदान हुने वडालाई सिल गरिने बताए ।
उनका अनुसार, मतदान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन हुनेछ ।सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको उनले बताए । ८ हजार ५० मतदाता रहेको उक्त वडामा वडाध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार बिच कडा प्रतिस्पर्धा रहने बुझिएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य तालिका रहेको छ भने मतगणना हेटौंडा २ मा रहेको सिद्धार्थ माविको सभाहलमा हुनेछ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)