१५ मंसिर, हेटाैंडा। हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदमा मंसिर १६ गते (भोली) हुने उपनिर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ। वडाध्यक्ष पदका लागि हुने निर्वाचनका लागि ४५ जना कर्मचारी खटाइएको छ ।
उक्त वडामा भोर्लेमा रहेको विष्णु आधारभूत विद्यालय र सिग्रेनीमा रहेको प्रतिभा आधारभूत विद्यालय मतदाता केन्द्र रहेको छ।विष्णु आधारभूत विद्यालय मतदान केन्द्रमा ४ वाट केन्द्र र प्रतिभा आधारभूत विद्यालय मतदान केन्द्रमा ५ वटा केन्द्र निर्धारण गरिएको छ। विष्णु आधारभूत विद्यालय मतदान केन्द्र भोर्लेमा ३६२५ मतदाता र प्रतिभा आधारभूत केन्द्रमा ४४२८ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ। ९ वटा केन्द्रमा ५ जना कर्मचारीका दरले ४५ जना कर्मचारीलाई मतदान स्थलमा खटाइएको मुख्य निर्वाचन अधिकृत अवानी मैनाली भट्टराई जनाएकी छिन्। खटिएका ४५ जना कर्मचारीलाई मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले बिहीबार निर्वाचन सामाग्री हस्तान्तरण गरेकी थिइन्। यता मतदान स्थल सुरक्षाको प्रबन्धका लागि ८ वटा प्वाईन्ट बनाईएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिएका छन् । उनले मतदान हुने अघिल्लो दिन आज रातीदेखि नै मतदान हुने वडालाई सिल गरिने बताए ।
उनका अनुसार, मतदान स्थलको बाहीरी घेरामा नेपाली सेना, भित्री घेरामा सशस्त्र प्रहरी र मतदान स्थलको पहिलो घेरामा आवश्यकता अनुसार नेपाल प्रहरी परिचालन हुनेछ ।सुरक्षा सुदृढ बनाउन राष्ट्रिय अनुसन्धान केन्द्र समेत परिचालन गरिएको उनले बताए । ८ हजार ५० मतदाता रहेको उक्त वडामा वडाध्यक्ष पदका लागि १२ जनाले मनोनयन दर्ता गराएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्रका उम्मेदवार बिच कडा प्रतिस्पर्धा रहने बुझिएको छ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको कार्य तालिका रहेको छ भने मतगणना हेटौंडा २ मा रहेको सिद्धार्थ माविको सभाहलमा हुनेछ।
९ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले २२५ बोतल अवैध लागूऔषध ओनेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले...
९ बैशाख, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको वडा नम्बर ९ नामटारमा ३३ दिने व्यूटिसियन तथा मेकअप तालिमको...
९ बैशाख, हेटौंडा । बैशाख ११ गतेबाट सुरु हुने कक्षा १२को बोर्ड परीक्षा हाललाई स्थगित गरिएको छ। मंगलबार बिहान बसेको...
९ बैशाख, जनकपुर । पदभारग्रहण गरेको २४ घण्टा नबित्तदै मधेस मिडिया काउन्सिलका अध्यक्ष कमलकुमार उपाध्याय...
९ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै...
९ बैशाख, हेटौंडा । धुलिखेलमा आगलागीबाट २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । धुलिखेल नगरपालिका-२ मा...
९ बैशाख, हेटौंडा । मकवानपुरको थाहानगरपालिकामा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन्। थाहानगर – १,...
९ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य दुई लाख नजिक पुगेको छ । मंगलबार सुन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर १...
९ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको छ ।...
५ बैशाख,हेटौंडा । मकवानपुरको मकवानपुरगढी वडा नम्बर २ धरमपानीमा विद्युतीय (इभी) भ्यान दुर्घटना हुँदा २ जनाको...
२९ चैत, हेटौंडा। मकवानपुरको हेटौंडा १६ मा स्कुटरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । बिहीबार राति धरान चतरा...
३० चैत, हेटौंडा ।हेटौंडामा बि लेवलको स्नोकर प्रतियोगिताको आयोजना गरिएको छ। हेटौंडा स्नोकर हाउसको आयोजनामा...
२७ चैत, हेटौंडा। मकवानपुरको बकैयामा बस दुर्घटना भएको छ। बुधबार राति धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया...
३१ चैत, हेटौंडा ।मकवानपुरको हेटौंडा १ मा रहेको हेटौँडा अस्पतालको नाम परिवर्तन गरिएको छ। आइतबार बिहान युवाहरूको...
३१ चैत, हेटौंडा। धरान चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको हेटौंडा १८ भक्तिचोकमा मोटरसाइकल र बस ठोक्किदा दुर्घटना...
२ बैशाख, हेटौंडा । मकवानपुरकाे बकैयामा सिमेन्ट बोकेको टिपर दुर्घटना भएर सिमेन्टको बोरा झरेर लाग्दा ...
३१ चैत, हेटौंडा । भोजपुरको भोजप नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ...
३० चैत, सिमरा । हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा झडप भएपछि विरगंजको छप्कैया चोक अशान्त बनेको...