२२ मंसिर, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले २८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न
गरेको छ । हेटाैडा ६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालकाे प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पाैडेलकाे सभाध्यक्षतामा साधारणसभा भएकाे हाे ।साधारणसभामा संस्थाका अध्यक्ष हिमाल पाैडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष श्यामप्रसाद भट्टराईले ऋण उपसिमिकाे प्रतिवेदन, काेषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, लेखा संयाेजक दिपनराज आचार्यले लेखा समितिकाे प्रतिवेदन र सञ्चालक सदस्य रेखा मैनालीले महिला उपसमितिकाे प्रतिवेदन पेश गरेका थिए ।
साधारणसभामा विभिन्न विधाका उत्कृष्ट सदस्यहरुलाई सम्मान र पुरस्कृत गरिएको थियाे । संस्थापक शेयर सदस्य जिवकुमारी दङ्गाल,बद्री बहादुर पाठक, भुपेन्द्र कुमार गाैतम र बासुदेव अधिकारी , सञ्चारकर्मी भावना रिजाललाई सम्मानित गरिएको थियाे ।
ज्येष्ठ सदस्य सितादेवी चाैलागाई र चेतनाथ गाैतम, मासिक बचतकर्ता भवानी अधिकारी र राम बहादुर राई, असली काराेवारी रिता कडेल र रमेश कुमार बानियाँ, उधमी गाेपाल दाहाल र जमुनादेवी पराजुली र सदस्यता वृद्धिमा सहयाेग गर्ने मधु कुमार दङ्गाललाई पुरस्कृत गरिएको थियाे । यसैगरी बाल बचतकर्ता अदिति ओझा, आयान्स सापकोटा, उत्कृष्ट विधार्थी पूर्वजा न्याैपाने, समर्पण न्याैपाने, विशेषता तिमल्सिना , प्रमिस थापा र प्रिति अधिकारी , आयुषा गाैतम,शारिका शाह,प्रनिस श्रेष्ठ र शशांक वाग्लेलाई सम्मानित गरिएकाे थियाे । कार्यक्रममा डाक्टर अस्मिता ओली पाठक, रैशा मैनाली र प्रमिशा पाैडेललाई समेत सम्मानित गरिएको थियाे ।
साधारणसभामा हेटाैडा ६ का वडा सदस्य विजय पाैडेल,संंस्थापक अध्यक्ष बासुदेव अधिकारी , निवर्तमान अध्यक्ष रघु प्रसाद आचार्य, राष्ट्र बैकका उपनिर्देशक रमेश चाैलागाई, राष्ट्रिय सहकारी बैक हेटाैडा शाखा प्रमुख रामेश्वर अर्याल, मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ सचिव बिरेन्द्र ढुङ्गाना, हेटाैडा सहकारीका अध्यक्ष ईन्द्र बहादुर बस्नेत, साईराम सहकारीका अध्यक्ष राजेन्द्र प्रसाद पाैडेल, कामधेनु बहुउद्देश्यीय सहकारीका अध्यक्ष उदय विडारी, बंशगाेपाल दुग्ध सहकारी उपाध्यक्ष केशव धिताल, संस्था सचिव राेमबहादुर न्याैपाने लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
करिव ३ हजार जना शेयर सदस्य रहेकाे सहकारीको शेयर पूजी २ कराेड ६० लाख निक्षेप २४ कराेड ६७ लाख र कर्जा लगाी २० कराेड ११ लाख रहेकाे ब्यवस्थापक दिपेन्द्र गाैतमले बताएका छन् ।
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...


















