२३ मंसिर, हेटौंडा। बस्तिपुर जेसीज हाडिखोलाले जेसीज सप्ताह-२०२४ सम्पन्न भएको छ। मंसिर २० गतेबाट ३ दिन सम्म ११ वटा विभिन्न कार्यक्रम गरि जेसीज सप्ताह मनाइएको हो।
जेसीज सप्ताह अन्तर्गत पहिलो दिनमा मनहरी वडा नम्बर १ मा स्वर्गीय हरि बहादुर गोले स्मृतिमा बाल जीवन ज्योती मा वि मा कक्षा १२ का लागि पुस्तक हस्तान्तरण गरिएको थियो। त्यसैगरी दोश्रो कार्यक्रम अन्तर्गत मनहरी वडा न २ मा स्वर्गीय जानुका देवि बर्तौलाको स्मृतिमा सीता मा वि मा स्टेशनरिको सामान हस्तान्तरण गरिएको थियो । तेस्रो कार्यक्रम मनहरी वडा न ३ मा रहेको महेन्द्र ज्योती मावि मा स्वर्गीय रामकृष्ण सिटौला र शुभद्रा सिटौलाको स्मृतिमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो भने सोही दिन स्वर्गीय उदय सिह पाठकको स्मृतिमा मनहरी वडा न ४ मा चेपाङ प्राथमिकता बिद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरि मनाएको थियो । बस्तिपुर जेसिजले जेसिज सप्ताह अन्तर्गत महनरी वडा न ९ मा ट्राफिक सचेतना तथा स्टिकर टास, मनहरी वडा न ५ मा मदन आश्रीत प्राथमिक बिधालय लाई प्राथमिक स्वास्थ्य सामाग्री बितरण, मनहरी वडा न ८ मा प्राथमिक बिद्यालय देउकोटमा बिद्यालयलाई रंग हस्तान्तरण, मनहरी वडा न ६ प्राथमिक बिद्यालयलाई सरसफाइ सामाग्री प्रदान गरी, हेटौंडा ३ र १९ मा जेब्रा क्रशिनमा रग लगाएर, मनहरी वडा न ७ मा रहेको कवड हलमा बस्तिपुर जेसीज हाडिखोला का सस्थापक अध्यक्ष ज्युको स्मृतिमा ब्याट मिन्टन प्रतियोगिता आयोजना गरेको थियो।
सबै कार्यक्रम अन्तर्गत पुरस्कार वितरण गरि जेसिज सप्ताह समापन गरेको हो।
बस्तिपुर जेसीज हाडिखोला बर्ष २०२४ अध्यक्ष अमृत पाठकको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि मनहरी गाउँपालिका प्रमुख रन्जन कालाखेती रहेका थिए भने विशिष्ट अतिथि मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रहेकी थिइन।
समापन कार्यक्रममा कार्यक्रम सयोजक आरती पाठक, सह मुल कार्यक्रम सयोजक सोवित वाइबा मुल कार्यक्रम सयोजक सन्जोग उप्रेती, मनहरीका स्रोत शिक्षक विदुर विक्रम थापाको उपस्थिति रहेको थियो। हेटौंडा जेसीजका बर्ष २०२४ अध्यक्ष सिनेटर बिकेशलाल श्रेष्ठ हेटौंडा लेडिका अध्यक्ष, बिरगज जेसीजका अध्यक्ष, बस्तिपुर जेसीज हाडिखोलाका पुर्व अध्यक्ष सिनेटर तेज प्रसाद उप्रेती, राजेश भेट्वाल, राममणी बर्तौला लगायत बोर्ड सल्लाहकारहरूकाे सहभागिता रहेको थियो।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)