२३ मंसिर, हेटौंडा। बस्तिपुर जेसीज हाडिखोलाले जेसीज सप्ताह-२०२४ सम्पन्न भएको छ। मंसिर २० गतेबाट ३ दिन सम्म ११ वटा विभिन्न कार्यक्रम गरि जेसीज सप्ताह मनाइएको हो।
जेसीज सप्ताह अन्तर्गत पहिलो दिनमा मनहरी वडा नम्बर १ मा स्वर्गीय हरि बहादुर गोले स्मृतिमा बाल जीवन ज्योती मा वि मा कक्षा १२ का लागि पुस्तक हस्तान्तरण गरिएको थियो। त्यसैगरी दोश्रो कार्यक्रम अन्तर्गत मनहरी वडा न २ मा स्वर्गीय जानुका देवि बर्तौलाको स्मृतिमा सीता मा वि मा स्टेशनरिको सामान हस्तान्तरण गरिएको थियो । तेस्रो कार्यक्रम मनहरी वडा न ३ मा रहेको महेन्द्र ज्योती मावि मा स्वर्गीय रामकृष्ण सिटौला र शुभद्रा सिटौलाको स्मृतिमा खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो भने सोही दिन स्वर्गीय उदय सिह पाठकको स्मृतिमा मनहरी वडा न ४ मा चेपाङ प्राथमिकता बिद्यालयका विद्यार्थीलाई न्यानो कपडा बितरण गरि मनाएको थियो । बस्तिपुर जेसिजले जेसिज सप्ताह अन्तर्गत महनरी वडा न ९ मा ट्राफिक सचेतना तथा स्टिकर टास, मनहरी वडा न ५ मा मदन आश्रीत प्राथमिक बिधालय लाई प्राथमिक स्वास्थ्य सामाग्री बितरण, मनहरी वडा न ८ मा प्राथमिक बिद्यालय देउकोटमा बिद्यालयलाई रंग हस्तान्तरण, मनहरी वडा न ६ प्राथमिक बिद्यालयलाई सरसफाइ सामाग्री प्रदान गरी, हेटौंडा ३ र १९ मा जेब्रा क्रशिनमा रग लगाएर, मनहरी वडा न ७ मा रहेको कवड हलमा बस्तिपुर जेसीज हाडिखोला का सस्थापक अध्यक्ष ज्युको स्मृतिमा ब्याट मिन्टन प्रतियोगिता आयोजना गरेको थियो।
सबै कार्यक्रम अन्तर्गत पुरस्कार वितरण गरि जेसिज सप्ताह समापन गरेको हो।
बस्तिपुर जेसीज हाडिखोला बर्ष २०२४ अध्यक्ष अमृत पाठकको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि मनहरी गाउँपालिका प्रमुख रन्जन कालाखेती रहेका थिए भने विशिष्ट अतिथि मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर रहेकी थिइन।
समापन कार्यक्रममा कार्यक्रम सयोजक आरती पाठक, सह मुल कार्यक्रम सयोजक सोवित वाइबा मुल कार्यक्रम सयोजक सन्जोग उप्रेती, मनहरीका स्रोत शिक्षक विदुर विक्रम थापाको उपस्थिति रहेको थियो। हेटौंडा जेसीजका बर्ष २०२४ अध्यक्ष सिनेटर बिकेशलाल श्रेष्ठ हेटौंडा लेडिका अध्यक्ष, बिरगज जेसीजका अध्यक्ष, बस्तिपुर जेसीज हाडिखोलाका पुर्व अध्यक्ष सिनेटर तेज प्रसाद उप्रेती, राजेश भेट्वाल, राममणी बर्तौला लगायत बोर्ड सल्लाहकारहरूकाे सहभागिता रहेको थियो।
२९ जेठ, हेटौंडा। मकवानपुरमा चट्याङ लागेर एकजना युवा घाईते भएका छन् भने एउटा घरमा क्षती पुगेको छ। बिहिवार साँझ...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिटमा संलग्नताको आरोपमा ९ जना...
२९ जेठ, हेटौंडा। मकवानपुरको कैलाशमा चट्याङ लागेर एक युवकको ज्यान गएको छ । बुधबार अपरान्ह हावाहुरी सहित परेको...
२९ जेठ, हेटौंडा । हेटौंडा-१० मा राप्तीरोडमा रहेको दास इम्पोरियमका संचालकमाथि कुटपिट भएको छ । राप्तीरोडमा रहेका...
२९ जेठ, विरगंज। नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने उच्च अदालत जनकपुर अस्थायी इजलास...
२९ जेठ, हेटौंडा । न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेशकुमार नेपालको नाम सिफारिस गरिएको छ । न्याय परिषद्...
२९ जेठ, हेटौंडा । नेपाली कांग्रेसका नेताहरू उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जाने भएका छन् । केन्द्रीय सदस्य...
२९ जेठ, हेटौंडा । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका...
२८ जेठ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा १ हजार...
२६ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले १० किलो ४०० ग्राम लागूऔषध गाँजासहित २ जना महिलालाई पक्राउ गरेको...
१७ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार रातिदेखि लागू हुने गरी...
२१ जेठ, हेटौंडा । हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अन्तर्गत बगुवा (बागमती)...
१६ जेठ, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ संचालनमा आएको छ । विगत २४...
१७ जेठ, हेटौंडा। मकवानपुर राक्सिराङमा चट्याङ लागेर एक व्यक्ति घाइते भएका छन्। राक्सिराङ गाउँपालिका वडा नम्बर ६...
१८ जेठ, हेटौंडा। राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेको केही घण्टामै राप्रपा नेता तथा संघिय संसद...
१७ जेठ, हेटाैडा। विश्व वातावरण दिवसकाे पूर्व सन्ध्यामा टाेल विकास संस्थाले टाेल सरसफाइ अभियान सञ्चालन गरेका...
१८ जेठ, हेटौंडा । मकवानपुर प्रहरीले थाहानगरबाट ८० किलो १२० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको...
१९ जेठ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ...