२९ मंसिर हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे रानी सामुदायिक वन उपभोक्ता समूहकाे २८ औ वार्षिक साधारणसभा शनिवार सम्पन्न भएकाे छ ।
बागमती प्रदेश सभा सदस्य भारती पाठककाे प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष विष्णुप्रसाद न्याैपानेकाे सभाध्यक्षतामा साधारणसभा भएकाे हाे । समूहका अध्यक्ष न्याैपानेले संस्थागत प्रतिवेदन, सचिव नानी माया रुम्बाले प्रगति प्रतिवेदन, लेखा संयाेजक श्यामकुमार श्रेष्ठले लेखा समितिकाे प्रतिवेदन, काेषाध्यक्ष गाेमा लामिछानेले चालू आर्थिक वर्ष २०८१/०८२ का लागि ७६ लाखकाे अनुमानित आयब्यय विवरण र कार्यालय सचिव भीमसेन पाैडेलले आर्थिक वर्ष २०८०/२०८१ काे लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए । साधारणसभामा विभित्र ब्यक्तिहरुलाई पुरस्कृत गरिएकाे थियाे । भेलामा सामुदायिक वन उपभोक्ता महासंघ , मकवानपुर , डिभिजन वन कार्यालय , मकवानपुरका वन अधिकृत दिपक अधिकारी ,समूहका निवर्तमान अध्यक्ष कृ्ष्ण बिडारी, ज्येष्ठ उपभोक्ता हिरा माया गाैतम, तिलक बहादुर खड्कालाई पुरस्कृत गरिएको थियाे ।
यसैगरि सञ्चारकर्मी भावना रिजाल,२०८० सालकाे एसईई परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने प्रज्वल अधिकारी , बन्दना चाैलागाई , कार्यसमिति सदस्य सूर्यप्रसाद दुलाल, अनिता बुढाथोकी , सालक संरक्षणमा महत्त्वपूर्ण सहयाेग गर्ने रामकृष्ण राई, अमर राई र सेवा निवृत कर्मचारी यदुकुमार घिमिरे लगायतकालाई पुरस्कृत गरिएकाे थियाे ।
साधारणसभामा हेटाैडा ६ का वडा अध्यक्षविष्णबहादुर दाहाल, मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवतघिमिरे,४ का वडा अध्यक्ष अर्जुनप्रसाद तिमल्सिना , हेटाैडा ६ का वडा सदस्य विजय पाैडेल, सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य रामहरि चाैलागाई, मकवानपुर अध्यक्ष साधुराम चाैलागाई, बागमती प्रदेश दुग्ध विकास बाेर्डका सञ्चालक सदस्य बासुदेव अधिकारी , डिभिजन वन कार्यालय, मकवानपुरका वन अधिकृत दिपक अधिकारी , हेटाैडा सव डिभिजन वन अधिकृत सविना रिजाल, चुच्चेखाेला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवाल, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पाैडेल, कामधेनु सहकारीका अध्यक्ष उदय बिडारी, मनकामना दुग्ध सहकारी अध्यक्ष अर्जुनप्रसाद दाहाल, श्रमिक साना किसान कृषि सहकारी अध्यक्ष निर्मला लम्साल, समूह उपाध्यक्ष केशव धिताल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
१ सय ३४ हेक्टर क्षेत्रफलमा फैलिएकाे याे सामुदायिक वनमा ९ सय घरधुरी आवद्व रहेका छन। भेलाले विभिन्न ११ वटा प्रस्तावहरु सर्वसम्मत पारित गर्नुका साथै नयाँ कार्यसमिति चयन गर्नका लागि अर्जुनप्रसाद चाैलागाईकाे संयाेजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन समेत गरेकाे कार्यालय सचिव भीमसेन पाैडेलले बताएका छन् ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)