Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

खेलकुद

नेपाल बंगलादेशसँग ९ विकेटले पराजित

20241221_072732_edit_1864-1734745416.jpg

६ पुस, हेटौंडा । मलेसियामा जारी यु–१९ टी–२० एसिया कपको सुपर चारको दोस्रो तथा अन्तिम खेलमा नेपाल बंगलादेशसँग ९ विकेटले पराजित भएको छ। वर्षाका कारण ११ ओभरमा घटाइएको खेलमा नेपाललाई हराएसँगै बंगलादेश फाइनल प्रवेश गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले ९.५ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो।
बंगलादेशका लागि फाहोमिद चोयाले २६ रनको अविजित इनिङ्स खेल्दा मोसामत एभाले १८ रन बनाइन्। त्यस्तै, मोसामत सुमिया अख्तरले १० रनको नटआउट इनिङ्स खेलिन्। नेपालका लागि कुसुम गोदारले १ विकेट लिएकी थिइन्।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ११ ओभरमा ८ विकेट गुमाएर ५४ रन बनाएको थियो। नेपालका लागि सावित्री धामीले ११ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।
नेपाललाई सस्तैमा समेट्ने क्रममा बंगलादेशकी फर्जना एस्मानी, अनिसा अख्तर सोबा, फहोमिदा चोया र हबिबा इस्लामले समान १–१ विकेट लिए।
सुपर ४ को शीर्षस्थानमा रहेर भारतले फाइनलमा स्थान पक्का गर्दा दोस्रो स्थानमा रहँदै बंगलादेश फाइनल पुग्यो। भारतको ७ अंक हुँदा बंगलादेशले ६ र नेपाल ४ अंक जोड्यो। श्रीलंका ३ अंक मात्र जोड्न सफल भयो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार