Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

एनपीएलको उपाधि जनकपुर बोल्ट्सलाई

Screenshot_20241221_18124-1734784593.jpg

६ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै हो । 
सुदूरपश्चिमबाग पाएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाए । खेलमा जनकपुरले विस्फोटक सुरुवात गरेको थियो । आसिफ शेख र लाहिरु मिलान्थाले अर्धशतकीय साझेदारी गरे । उनीहरुले ७ ओभरमा ७३ रन जोडे ।
कप्तान शेख १९ बलमा ३३ रन बनाउँदै पभेलियन फर्किए । उनले ४ चौका र २ छक्का प्रहार गरे । उनी सैफ अली जेबको बलमा क्याच आउट हुन पुगे । लगत्तै मोहम्मद मोहसिन पनि ९ रन आउँदै आउट हुन पुगे ।
जेम्स निसम ४ रन बनाउँदै पभेलियन फर्किन बाध्य भएका थिए । हर्ष ठाकरले ३० रनको योगदान दिँदै टोलीलाई जितसम्म डोर्‍याए ।
यसअघि, टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।
खेलमा ओपनर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो । भण्डारीले ४१ रनको योगदान दिए । उनले ३१ बलमा १ चौका र ३ छक्का हिर्काए । जेबले ४१ बलमा ६९ रन जोडे । उनले ८ चौका र २ छक्का हिर्काए । उनले ६४ रनको अवस्थामा जीवनदान पनि पाएका थिए ।
तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले हरमित सिंहलाई गुमायो । उनले राम्रो सुरुवात गरे पनि १४ रनमा पभेलिन फर्किए ।
ब्रान्डन म्यामुलनले १२ बलमा १४ रन बनाए । यस क्रममा उनले १ छक्का हिर्काएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरी ९ रन बनाएर आउट भए । सातौँ विकेटका रुपमा स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किए । नरेश बुढाऐयर ८ रन तथा ईशान पाण्डेले ६ रन बनाएर पभिलियन फर्किए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । किशोर महतोले पनि ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । जनकपुरका लागि ललित राजवंशीले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट लिए । जेम्स निसमले पनि एक विकेट लिए ।
उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ जितेको छ । सुदूरपश्चिम भने ५१ लाख रुपैयाँमा चित्त बुझाउन बाध्य बनेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

थप समाचार