६ पुस, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गर्दै हो ।
सुदूरपश्चिमबाग पाएको १ सय ८५ रनको लक्ष्य जनकपुरले १९.२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो । टोलीका लागि लाहिरु मिलन्थाले ४९ बलमा सर्वाधिक ८७ रन बनाए । खेलमा जनकपुरले विस्फोटक सुरुवात गरेको थियो । आसिफ शेख र लाहिरु मिलान्थाले अर्धशतकीय साझेदारी गरे । उनीहरुले ७ ओभरमा ७३ रन जोडे ।
कप्तान शेख १९ बलमा ३३ रन बनाउँदै पभेलियन फर्किए । उनले ४ चौका र २ छक्का प्रहार गरे । उनी सैफ अली जेबको बलमा क्याच आउट हुन पुगे । लगत्तै मोहम्मद मोहसिन पनि ९ रन आउँदै आउट हुन पुगे ।
जेम्स निसम ४ रन बनाउँदै पभेलियन फर्किन बाध्य भएका थिए । हर्ष ठाकरले ३० रनको योगदान दिँदै टोलीलाई जितसम्म डोर्याए ।
यसअघि, टस जितेर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएको थियो ।
खेलमा ओपनर विनोद भण्डारी र सेफ अलि जेबले टोलीलाई उत्कृष्ट सुरुवात दिलाएका थिए । दुई ब्याटरले पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । उनीहरुले ११७ रन जोडे । टोलीका लागि यो पहिलो शतकीय साझेदारी पनि थियो । भण्डारीले ४१ रनको योगदान दिए । उनले ३१ बलमा १ चौका र ३ छक्का हिर्काए । जेबले ४१ बलमा ६९ रन जोडे । उनले ८ चौका र २ छक्का हिर्काए । उनले ६४ रनको अवस्थामा जीवनदान पनि पाएका थिए ।
तेस्रो विकेटका रुपमा सुदूरपश्चिमले हरमित सिंहलाई गुमायो । उनले राम्रो सुरुवात गरे पनि १४ रनमा पभेलिन फर्किए ।
ब्रान्डन म्यामुलनले १२ बलमा १४ रन बनाए । यस क्रममा उनले १ छक्का हिर्काएका थिए । कप्तान दीपेन्द्र सिंह ऐरी ९ रन बनाएर आउट भए । सातौँ विकेटका रुपमा स्कट कुगेलाइन १३ रन बनाउँदै पभेलियन फर्किए । नरेश बुढाऐयर ८ रन तथा ईशान पाण्डेले ६ रन बनाएर पभिलियन फर्किए ।
जनकपुरका लागि मोहम्मद मोहसिनले ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । किशोर महतोले पनि ४ ओभर बलिङ गर्दै ३ विकेट लिए । जनकपुरका लागि ललित राजवंशीले ४ ओभरमा एक मेडनसहित १५ रन खर्चेर एक विकेट लिए । जेम्स निसमले पनि एक विकेट लिए ।
उपाधिसँगै जनकपुरले १ करोड १० लाख रुपैयाँ जितेको छ । सुदूरपश्चिम भने ५१ लाख रुपैयाँमा चित्त बुझाउन बाध्य बनेको छ ।
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...
८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...
८ चैत, हेटौंडा। बिहीबारबाट सुरु भएको यस वर्षको एसइई परीक्षा अन्तर्गत शुक्रबार (आज) मकवानपुरका २८ परीक्षा...
८ चैत, लहान। सिरहाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)मन्त्रालय तानिएका छन्। शुक्रबार बिहान गृह मन्त्रालय स्रोतले...
८ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलाको एक हजार र चाँदी ३५ रुपैयाँ घटेको हो...
८ चैत, एजेन्सी। फिफा विश्वकप २०२६ अन्तर्गत शुक्रबार बिहान सम्पन्न दक्षिण अमेरिकी छनोट खेलमा ब्राजिलले...
८ चैत, हेटौंडा । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दै छ । विहान ११ बजे मध्य बानेश्वरस्थित...
८ चैत, हेटौंडा। मकवानपुरको विकट मानिएको कैलाश गाउँपालिकाले सञ्चालन गर्दै आएको विपन्नसँग अध्यक्ष कार्यक्रममा ७...
२५ फागुन, हेटौंडा । हेटौंडा-१ स्थित राप्ती खोलामा डुबेर हेटौंडा ५ पिप्लेका एक युवकको मृत्यु भएको छ । आइतबार...
२६ फागुन, हेटौंडा। मकवानपुरमा सडक खन्ने क्रममा पहिरोमा परेर स्काभेटर पुरीएको छ । मकवानपुरको भिमफेदी...
२७ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा बारा कोल्वीमा एक महिलाको ज्यान गएको छ भने २ जना...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...