♦सुनिल शिवाकोटी
२६ पुस, हेटौंडा। मकवानपुरको विकट मानिएको र ५० प्रतिशत भन्दा बढी चेपाङ समुदायको बसोवास रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिएको छ।बिहीबार गाउँपालिका केन्द्र चैनपुरमा बसेको गाउँपालिकाको १७ औं गाउँसभाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्।
गाउँसभाकाे बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गरेकाेमा सर्वसम्मतले पारित भएकाे हाे ।
गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुुसार अल्पसंख्य सिमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तिकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको हो । सामाजिक सांस्कृति संरक्षण तथा आर्थिक विकासका विशेष संरक्षित क्षेत्र कायम गरिने व्यवस्था भएअनुसार वडा नम्बर–७ लाई चेपाङ संस्कृति वा पर्यटकिय क्षेत्र घोषण गरिएको जनाइएको छ ।
"चेपाङ समुदायको बाहुल्यता रहेकोले उनीहरूको आर्थिक, सामाजिक र सांस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र नामाकरण गर्ने निर्णय गरिएको हो" -अध्यक्ष मल्लले बताएका छन्।
आफु निर्वाचित भएर गाउँपालिकाको अध्यक्ष बनेपछि बसेको २०७४ को पहिलो निर्णयमा नै सो वडालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेपनि कार्यान्वयन नभएपछि नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुुसार अल्पसंख्य सिमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तिकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको बताएका छन्। अब उक्त निर्णय कार्यान्वयको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नै विषेश कार्यक्रम मार्फत् बजेट व्यवस्था गर्ने अध्यक्ष मल्लले भने।
बिहीबारको गाउँसभाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ भने विनियोजन ऐन, २०८१ माथिको संशोधन सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । गाउँसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ भने न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलाप कर्ताहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । गाउँसभाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित गरेको छ । गाउँपालिकाले बिहीबार १७ औ हिउँदे अधिवेशन सम्पन्न गरेको छ।
१ माघ, हेटौंडा । माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी...
१ माघ, हेटौंडा । नेपाल प्रहरीका २५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न...
१ माघ, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
२९ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारणसभा सम्पन्न भएको छ...
२९ पुस, हेटौंडा । आज पौष शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न...
२९ पुस, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको पहाडी...
२८ पुस, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडा उपमहानगर समिति कृष्ण प्रसाद पोखरेलको नेतृत्वमा नयाँ...
२८ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कूल बसको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा मृत्यु भएको छ।...
२८ पुस, हेटौंडा । महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका छन्...
२० पुस, हेटौंडा। हेटौंडा १२ र १३ को सिमानामा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार शनिबार...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
२३ पुस, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा केही समय अघि भूकम्पको धक्का महसुस गरिएको छ। मंगलबार बिहान ६...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१९ पुस, हेटौंडा । हेटौंडा-२ मकवानपुर बहुमुखी क्याम्पस अगाडि शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा २ जना...
१८ पुस, हेटौंडा । हेटौंडा धरान-चतरा सडक अन्तरगत हेटौंडा-६ हात्तिलेटमा मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका...
२३ पुस, हेटौंडा । आज विहान गएको भुकम्पको केन्द्रबिन्दु चीनमा रहेको छ । चीनको सिगात्सेबाट २३ किलोमिटर पर...
१८ पुस, हेटौंडा । अन्तर-पुस्ता महिलावादी मञ्चको अनुपम अभियान अन्तरगत बिहीबार हेटौंडा-६ चुच्चेखोलामा सचेतना...