Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको राक्सिराङ ७ 'चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा'

Screenshot_20250110_08553-1736478673.jpg

बिहीबार बसेको गाउँसभा

सुनिल शिवाकोटी 

२६ पुस, हेटौंडा। मकवानपुरको विकट मानिएको र ५० प्रतिशत भन्दा बढी चेपाङ समुदायको बसोवास रहेको राक्सिराङ गाउँपालिका वडा नम्बर ७ चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गरिएको छ।बिहीबार गाउँपालिका केन्द्र चैनपुरमा बसेको गाउँपालिकाको १७ औं गाउँसभाले वडा नम्बर–७ लाई चेपाङ सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा गर्ने निर्णय गरेको  गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले जानकारी दिएका छन्। 

गाउँसभाकाे बैठकमा कार्यपालिका सदस्य हबिल प्रजाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र घाेषणासम्बन्धी प्रस्तावमा कार्यपालिका सदस्य रामबहादुर प्रजाले समर्थन जनाएका थिए । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले उक्त प्रस्ताव सभामा निर्णायार्थ प्रस्तुत गरेकाेमा सर्वसम्मतले पारित भएकाे हाे । 

गाउँपालिका अध्यक्ष राजकुमार मल्लका अनुसार नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुुसार अल्पसंख्य सिमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तिकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको हो । सामाजिक सांस्कृति संरक्षण तथा आर्थिक विकासका विशेष संरक्षित क्षेत्र कायम गरिने व्यवस्था भएअनुसार वडा नम्बर–७ लाई चेपाङ संस्कृति वा पर्यटकिय क्षेत्र घोषण गरिएको जनाइएको छ ।
"चेपाङ समुदायको बाहुल्यता रहेकोले उनीहरूको आर्थिक, सामाजिक र सांस्कृति मार्फत पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाले चेपाङ सांस्कृतिक तथा पर्यटन क्षेत्र नामाकरण गर्ने निर्णय गरिएको हो" -अध्यक्ष मल्लले बताएका छन्।

आफु निर्वाचित भएर गाउँपालिकाको अध्यक्ष बनेपछि बसेको २०७४ को पहिलो निर्णयमा नै सो वडालाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरेपनि कार्यान्वयन नभएपछि नेपालको संविधान (२०७२) को धारा (४२) ले गरेको व्यवस्था अनुुसार अल्पसंख्य सिमान्तकृत नागरिकको संरक्षण, उत्थान तथा सशक्तिकरण र विकासको व्यवस्था गरे अनुसार उक्त निर्णय गरिएको बताएका छन्। अब उक्त निर्णय कार्यान्वयको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा नै विषेश कार्यक्रम मार्फत् बजेट व्यवस्था गर्ने अध्यक्ष मल्लले भने। 

बिहीबारको गाउँसभाले चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम संशोधन गर्ने प्रस्ताव समेत स्वीकृत गरेको छ भने विनियोजन ऐन, २०८१ माथिको संशोधन सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ । गाउँसभाले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन गरेको छ भने न्यायिक समितिको वार्षिक प्रतिवेदन तथा मेलमिलाप कर्ताहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । गाउँसभाले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन नतिजा, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित गरेको छ । गाउँपालिकाले बिहीबार १७ औ हिउँदे अधिवेशन सम्पन्न गरेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार