८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको प्रदेशसभा बैठक स्थिगत गर्न माग गरिएको छ । बैठक स्थगित गर्न माग गर्दै नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेशसभाका सभामुखसमक्ष लिखित निवेदन दर्ता गराएको छ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक पुकार महर्जनद्वारा हस्ताक्षरित पत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङलगायतले न्याय निरूपणका लागि उच्च अदालत पाटन हेटौंडा इजलासमा रिट निवेदन दिएकोमा न्यायाधीश बबिता उप्रेतीको इजलासले छलफलका लागि भदौ १० गते पेशी तोकेको र मुद्दा हाल अदालतमा विचाराधीन रहेको कांग्रेसको दाबी छ।
पत्रमा नेपालको संविधानको धारा १९१ उद्धृत गर्दै विचाराधीन मुद्दासँग सम्बन्धित विषयमा प्रदेशसभामा छलफल गर्न संवैधानिक बन्देज छ । सोही आधारमा सरकारले विश्वासको मत लिने विषयमा आजको बैठकमा छलफल गर्नु असंवैधानिक हुने भन्दै अदालतको अन्तिम निर्णय नआएसम्म बैठक स्थगित गरिनुपर्ने माग कांग्रेसले राखेको छ।
मुख्यमन्त्री थापा मगर एमाले, नेकपा र राप्रपाका केही सांसदको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भएका थिए। तर सत्ता समीकरणमा सामेल राप्रपाभित्रै समर्थनलाई लिएर विवाद चर्किएको छ, जसका कारण थापा मगरको विश्वासको मत परीक्षण थप पेचिलो बनेको छ।
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...














-1786686763.jpg)



-1786539267.jpg)