Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

अनुपम घलान स्मृति हेटौंडा नगर स्तरीय फुटबल फागुन ७ मा

Screenshot_20250207_20445-1738940603.jpg

२५ माघ, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर ३ पहिरो परेर ज्यान गुमाएको हेटौंडा–१२ का बालफुटबलर अनुपम घलानको स्मृतिमा हेटौंडा नगरस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ ।

घलानको स्मृतिमा हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिले १६ वर्षमुनिका खेलाडीहरु सहभागि रहने गरी  अनुपम घलानको स्मृतिमा हेटौंडा नगरस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो।शुक्रबार पत्रकार सम्मेलन मार्फत  फागुन ७ गतेदेखि हेटौंडा–५ मा रहेको क्याम्पा रंगशालामा प्रतियोगिता आयोजना गरिने जनाइएको हो। 

पत्रकार सम्मेलनमा हेटौंडा नगर खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेले प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख र द्वितीय हुने टिमले ७० हजार राशिको पुरस्कार प्राप्त गर्ने र विधागत् पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट फरवार्डले १० हजार, उत्कृष्ट किपरले ५ हजार, उत्कृष्ट प्रशिक्षकले ५ हजार र उत्कृष्ट डिफेन्सले ५ हजार नगद राशिको पुरस्कार प्राप्त गर्ने बताएका थिए। 

।खेल सञ्चालनका लागि हेटौंडा उपमहानगरपालिकाले ७ लाख विनियोजन गरेको छ । खेलमा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को नियमानुसार नकआउट प्रतियोगिता हुनेछ ।खेललाई आगामी वर्षहरुमा पनि निरन्तरता दिने गरी यस वर्ष सुरु गरिएको समिति अध्यक्ष रवीन्द्र घिमिरेले बताए । सहभागी हुन चाहने टिमले फागुन ४ गतेभित्र नगरपालिका खेलकुद विकास समितिमा टिम दर्ता गराउनुपर्नेछ । खेलमा १९ वटै वडाका इच्छुक खेलाडीले सहभागिता जनाउन सक्नेछन् । वडाबाट सिफारिस भएका १६ वर्ष ननाघेका खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन पाउने छन्। असोज १२ गते पहिरोमा परेर इन्द्रसरोवर ३ मा रहेको वत्सला देवि माध्यमिक विद्यालयमा रहेर  यु–१४ क्याम्पका ४० खेलाडीमध्ये  फुटबल प्रशिक्षण लिइरहेका अनुपमसंगै ६ जना एन्फाका खेलाडीहरुको ज्यान गएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार