२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ ।
संस्थाले आज मूल आयोजक समिति एवं उपसमिति घोषणा तथा सचिवालय उद्घाटन कार्यक्रममा शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागेको जानकारी दिइएको हो ।
कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष केशव धितालको संयोजकत्वमा १९५ मूल समारोह समिति, राम अधिकारीसहितको सचिवालय उपसमिति, पूर्णभद्र चौलागाईंसहितको आर्थिक उपसमिति, रूपेश दुलालसहितको प्रचारप्रसार उपसमिति, अर्जुनप्रसाद चौलागाईंसहितको जनसम्पर्क उपसमिति, केशव धितालसहितको अतिथि सत्कार उपसमिति, विष्णुप्रसाद सापकोटासहितको सरसफाई उपसमिति, रन्जिता भेटवालसहितको प्रसाद वितरण उपसमिति र रामप्रसाद सापकोटासहितको भान्सा व्यवस्थापन उपसमिति गठन गरेको घोषणा गरिएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता अर्जुनप्रसाद चौलागाईं, राप्रपाका वडा अध्यक्ष केदारबहादुर राई, प्रदेश दुग्ध विकास बोर्डका सदस्य बासुदेव सापकोटा, टोल विकास संस्था हेटौंडा ६ नम्बर वडा समन्वय समितिका अध्यक्ष बासुदेव खतिवडा, रेसुङ्गा युवा क्लवका अध्यक्ष श्रीराम खतिवडा, कामधेनु बहुद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष उदय विडारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
हेटौंडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवं महायज्ञ मूल समारोह समितिका संयोजक तथा टोल विकास संस्थाका अध्यक्ष केशव धितालको सभाध्यक्षतामा भएको कार्यक्रममा राजनीतिक दल, टोल विकास संस्था, क्लव, धार्मिक संघसंस्था लगायतको उपस्थिति रहेको थियो ।
१३ चैत, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि थाइल्याण्डका राजदूत सुवापोङ सिरिसोर्नबीच...
१३ चैत, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाले शिक्षा विकास तथा समन्वय इकाईको सिफारिसमा प्राथमिक तहमा...
१३ चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । राष्ट्रियसभा बैठकमा भने...
१३ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा 'बैंकिङ्ग कसुर तथा...
१३ चैत, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।...
१२ चैत, हेटौंडा । मधेश प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको बैठक...
१२ चैत, हेटौंडा । कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक रौतहट...
१२ चैत, हेटौंडा । काठमाडौंमा विद्यार्थीहरुले उर्जामन्त्री दिपक खड्काको पुत्ला दहन गरेका छन् । नेपाल विद्युत्...
१२ चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला २०० रुपैयाँ घटेको हो । छापावाल सुन...
७ चैत, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड...
रूपेश दुलाल/सुनिल शिवाकोटी ५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले...
२९ फागुन, हेटौंडा। मकवानपुरमा होलीका क्रममा अवान्छित गतिविधि गर्ने ११ जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा...
६ चैत, हेटौंडा। मंगलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मकवानपुर बहुमुखी क्याम्पसमा...
२ चैत , हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । निगमले शनिबार मध्यरातिबाट लागु...
८ चैत, हेटौंडा । दोलखाको बिगु गाउँपालिका-२ जगतमा एसईई दिएर पौडी खेल्न गएका परीक्षार्थीको तामाकोशी नदीमा डुबेर...
५ चैत, हेटौंडा। मकवानपुरकाे मनहरीमा बसको ठक्करबाट स्कुटरमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका...
९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...
११ चैत, हेटौंडा। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ बर्खास्त भएका छन्। उनलाई सोमबार...