पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख लामा
२९ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकालाई आगामी फागुन १ गते बालमैत्री घोषणा गरिने भएको छ।मंगलवार उपमहानगरपालिकामा पत्रकार सम्मेलनको आयोजना गर्दै हेटौंडाकी प्रमुख मीनाकुमारी लामाले आगामी फागुन १ गते हेटौंडालाई बालमैत्री घोषणा लागिएको जानकारी दिएकी हुन्।
"बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी" भन्ने मूल नाराका विभिन्न सूचक पूरा गरेसँगै स्थापना दिवसको अवसर पारेर हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रममुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्न लागेको जानकारी दिइन्। पत्रकार सम्मेलनमा हेटौंडालाई नेपाल सरकारका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा बालमैत्री घोषणा गरिने जनाइएको हो।
नगर प्रमुख लामाले बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री घोषणा कार्यान्वयन कार्यविधि २०७९ ले हेटौंडाको १९ वटै वडा बालमैत्री घोषित भइसकेकोले फागुन १ गते बालमैत्री घोषणा गर्न लागेको जनाएकी थिइन्।
बालमैत्री घोषणा गर्न आवश्यक बालमैत्री स्थानीय शासनका ५१ सूचकहरुमा हेटौंडा उपमहानगरपालिकाले ४३ वटा सूचकमा सय प्रतिशत, एउटा सूचनकमा ९९ दशमलव ९४ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८९ प्रतिशत, एउटा सूचकमा ९९ दशमलव ८७ प्रतिशत, एउटा सूचकमा ९९ प्रतिशत, एउटा सूचकमा ९८ दशमलव ६३ प्रतिशत, एउटा सूचकमा ९६ दशमलव ८४ प्रतिशत, एउटा सूचकमा ९१ प्रतिशत र एउटा सूचक ८८ दशमलव ०६ प्रतिशत नजिता हाँसिल भएको उनले जानकारी दिइन् । फागुन १ गते उपमहानगरपालिकाले स्थापना दिवसको अवसर पारेर उक्त घोषणा कार्यक्रम गर्न लागिएको हो। उक्त घोषणाका लागि उपमहानगरपालिकाले मंगलबार एक सुचना प्रकाशित गर्दै बाल क्लब, टोल विकास संस्था, सामुदायिक र संस्थागत विद्यालय, वडा कार्यालय, स्थानीय क्लब, जनप्रतिनिधि र नगरवासिलाई घोषणा कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । हेटौंडाको बुद्धचोकबाट बाजागाजा र र्याली सहित हेटौंडा ५ क्याम्पाचौरमा हेटौंडालाई बालमैत्री स्थानीय तह घोषणा गरिने छ।
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)