Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

राजनीति

कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण :उपप्रधानमन्त्री सिंह

Screenshot_20250213_16580-1739445413.jpg

१ फागुन, हेटौंडा।  उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने बताएका छन्।

बिहीबार हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री सिंहले समाजमा व्याप्त कुरीति हटाउन स्थानीय तहको भूमिका महत्वपूर्ण रहने र हेटौंडा उपमहानगरपालिकाले सो कार्यको सुरुवात गरि बालमैत्री घोषित हुन सफल भएको बताएका हुन्। 
कार्यक्रमलाई सम्बोधनका क्रममा मन्त्री  सिंहले  स्थानीय तहका सम्भावनाहरू  पहिचान गरि विकास आयोजनाहरू व्यवस्थित ढङ्गबाट गर्नुपर्ने उल्लेख गरेका छन्।
उनले बालमैत्री घोषणा र यस्ता रचनात्मक गतिविधिले हेटौंडा महानगरपालिका परिणत हुन संभावनालाई प्रत्याभूति दिलाउन सफल रहेको बताए। मन्त्री सिंहले स्थानीय तह, प्रदेश र सङ्घ सरकारले बालबालिकाको अधिकार तथा नागरिकको मौलिक हक प्रत्याभूत गर्न लाग्नुपर्ने कुरामा जोड दिएका थिए।उपमहानगरपालिको काम सरसफाइ मात्र होइन, अहिले युवाको, जनताको धेरै माग छ, सो मागलाई सम्बोधन गर्ने काम पनि उपमहानगरको हो "। - मन्त्री सिंहले भने। 
उनले हेटौँडा अहिले व्यवस्थित सहरको रूपमा विकास भइरहेको समेत बताएका छन्। हेटौंडाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित जनप्रतिनिधि, विद्यार्थी, क्लब, संघ संस्थाको प्रतिनिधिहरुको सहभागितामा नगरको विभिन्न स्थानबाट भएको र्याली तथा प्रभातफेरी  हेटौंडा ५ क्याम्पाचौरमा पुगेर बाल मैत्री घोषणा कार्यक्रम परिणत भएको थियो। हेटौंडा उपमहानगरपालिका मकवानपुरको बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह हुने ४ नम्बरको स्थानीय तह हो। यस अघि मकवानपुरका मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भइसकेका छन्।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762913065.jpg

२६ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल नेपालमा कोशी प्रदेश, बागमती...

मकवानपुरको बकैयामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
images-1762873073.jpg

२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको  ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...

मंगलबार सुनको मूल्य बढ्यो
gold-1762849781.png

२५ कार्तिक, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले बढेको...

भारतीय कलाकार धर्मेन्द्रको निधन
Screenshot_20251111_10361-1762836887.jpg

२५ कार्तिक, एजेन्सी। १९६० को दशकमा चर्चित भारतीय कलाकार धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै
Nepali_congress_At7KeadA6-1762826096.png

२५ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । आजको बैठक बिहान साढे ११ बजे...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1762825164.jpg

२५ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  हाल कोशी प्रदेश, गण्डकी प्रदेश...

नेपाल प्रहरीको आईजीपीमा दानबहादुर कार्की नियुक्त
AIG_Dan_Bahadur_Karki_Dl3-1762783098.jpg

२४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा दान बहादुर कार्की नियुक्त भएका छन् । सोमबार बसेको...

मधेसकी प्रदेश प्रमुख भण्डारी पदमुक्त
IMG_20251110_192226-1762781866.jpg

२४ कार्तिक, काठमाडौं। मध्यरातमा एमाले संसदीय दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरी उपचारको...

सञ्चार मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना
sanchar-tatha-suchana-pra-1762769715.jpg

२४ कार्तिक, हेटौंडा । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई केन्द्र स्थापना गरिएको छ । सोमबार...

थप समाचार