Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

भाडाको टेन्टबाट चित्लाङमा पर्यटन व्यवसाय थालेका देवेन्द्रको लोभलाग्दो सफलता

Screenshot_20250318_18423-1742302931.jpg

रूपेश दुलाल/सुनिल शिवाकोटी

५ चैत, हेटौंडा । केही बर्ष अघिसम्म पर्यटनका हिसाबले ओझेलमा रहेको चित्लाङ अहिले पर्यटकीय हबको रूपमा विकास भइरहेको छ । दामन पालुङ पर्यटकीय रूपमा फस्टाइसक्दा पनि चित्लाङमा पर्यटकीय गतिविधि प्रायः शून्य थियो । 
तर त्यहाँका एक युवाले भाडाको टेन्टबाट शुरू गरेको पर्यटन व्यवसाय नै चित्लाङ पर्यटकीय हबको रूपमा अघि बढ्ने आधार बनेको हो । चित्लाङमै जन्मिएका देवेन्द्र नेपालको १५ बर्ष अघिको सपनाले अहिले चित्लाङ देशभर पर्यटकीय गन्तव्यको रूपमा परिचित भइसकेको छ ।
काठमाडौं पर्यटन क्षेत्रसंग सम्बन्धी विषय पढेर स्नातकोत्तर सकेपछि केही समय अध्यापन र ट्राभल एजेन्सीमा काम गरेका उनी आकर्षक तलबमा ट्राभल कन्सल्टेन्टको रूपमा दुबई पुगेका थिए। तर गएको पहिलो दिनदेखि नै देवेन्द्रको मन त्यहाँ अडिएन । कयौं विद्यार्थीलाई 'करियर काउन्सिलिङ' गरेका देवेन्द्रलाई आकर्षक तलव अर्काको कामदार बन्नु पर्दा मन खिन्न भयो । त्यसमाथि प्रकृतिले केही नदिएको दुवईलाई मानिसको मेहनतले यस्तो विकास गर्न सक्छ भने प्रकृतिले प्रशस्तै दिएको नेपालमा त धेरै गर्न सकिन्छ भन्ने कुरा उनको मनमा गहिरोसंग गड्यो । 'गएको दिनदेखि म आफ्नो गाउँको प्रकृतिले दिएको डाँडापाखा र हरियाली, ऐतिहासिक सम्पदा जस्ता अमूल्य सम्पत्तिबारे सोच्दै यहाँ जति पैसा भए पनि हुने अर्काको दास नै हो, बरू आफ्नो देश र ठाउँमा केही गर्छु भन्ने सोच्ने गर्थें ।'-उनले भने । त्यही अठोट बोकेर उनी एक महिनामै एक लाख रूपैयाँ तलवको आकर्षक जागिर त्यागेर नेपाल फर्किए ।
दुबईको जागिर छोडेर नेपाल आएपछि उनी फेरि शुन्यमा पुगें । सपनालाई कसरी अघि बढाउने भन्ने सोच्दैमा तीन महिना पुग्यो, दुबईबाट ल्याएको पैसा पनि सकिएपछि उनलाई तनाव बढ्न थाल्यो । डिप्रेसनको शिकार हुनै लागेका उनलाई दिदीले यसरी हतोत्साहित नहुन सम्झाइन् । त्यही समय उनीसँगै कलेजमा पढाएका साथीले आफ्ना विद्यार्थीलाई भ्रमणको व्यवस्थापन गरिदिन देवेन्द्रलाई अनुरोध गरे ।  उनले ति विद्यार्थीलाई चित्लाङ ल्याउने र त्यसबाट केही रकम जोगाउने उपाय रचे अनि ठमेलबाट भाडाको टेन्ट व्यवस्थापन गरि चित्लाङमा विद्यालयको नासपाती बगैंचामा पहिलो टोलीलाई घुमाउन ल्याए । 
बिद्यार्थीबाट नकारात्मक प्रतिक्रिया आउने आशंकाबिच पहिलो टोली ल्याएका उनले सकारात्मक प्रतिक्रिया पाउँदा उत्साही भए । पहिलो व्यवस्थापन घाटामा गएपनि त्यसपछिका केही साता निरन्तर टोल आउन थालेपछि उनले भाडाको टेन्टसंगै स्थानीयको घरमा समेत टोलीलाई राख्न थाले । यसबाट भएको बचतबाट टेन्ट र बाहिरी जनशक्ति घटाउँदै उनले आफ्नै टेन्ट खरिद गर्न थाले, पर्यटक टोली बढ्दै गयो र देवेन्द्रको कमाई पनि बढ्न थाल्यो । 
त्यसपछि उनले विद्यालयको नासपाती बगैंचा भाडामा लिएर व्यसायिक रूपमै २०७२ मै उनले चित्लाङ अर्गानिक भिलेज रिसोर्ट स्थापना गरे ।
'त्यतिबेला पर्यटकलाई नासपाती बगैंचामा टेन्ट राखेर सेवा दिन शुरू गरें, पछि बिस्तारै छिमेकीको घरमा पनि रिसोर्टमा नअटाएका पर्यटक राख्न थालें, पर्यटक आउने क्रम बढ्न थालेपछि बिस्तारै अरू गाउँलेले पनि पर्यटन पूर्वाधार विकास गर्नु भयो, त्यसको फल स्वरूप अहिले चित्लाङ पर्यटकीय हब बन्दैछ ।'-संघर्ष पछिको सफलताबारे देबेन्द्र भन्छन् ।
भाडामा टेन्ट ल्याएर पर्यटन व्यवसायमा होमिएका देवेन्द्र अर्गानिक भिलेज रिसोर्टमै अडिएनन् । विद्यालयसंग निश्चित अवधिको सम्झौता गरेर रिसोर्ट संचालन गरिरहेका उनले व्यसायिक सुरक्षाका लागि ऋणधन गरेर चित्लाङ रिसोर्ट प्रालि संचालन गरे भने नासपाती बगैंचा नजिकै जग्गा खरिद गरि अर्गानिक भिलेज रिसोर्टलाई विस्तार गरे । यसलाई आकर्षक बनाउन रिसोर्टमा १ लाख ७० हजार बोतलको प्रयोग गरि पर्खाल, सिढी लगायतका संरचना बनाएका छन् । अहिले दुबै रिसोर्टमा गरि १५ करोडको लगानी भएको छ । यसमा उनलाई परिवारका सदस्यले पनि सघाएका छन् । दुबैतिर गरि ५० जनाले रोजगारी पाएका छन् भने २ सय जना पर्यटकलाई सेवा दिने क्षमता छ ।
पर्यटन व्यवसाय व्यवसाय मात्रै नभई आफ्नो रूचीको विषय भएकाले उनी दिनरात यसैमा संलग्न रहन्छन् । 'मेरो रूचिको क्षेत्र भएकाले हरेक काममा म आफैं संलग्न हुन पाउँदा खुशी लाग्छ ।'-उनले भने । उनले यो व्यवसायलाई थप विस्तारको तयारी शुरू गरिसकेका छन् ।
उनले थालेको पर्यटनको पाइला पछ्याउँदै अहिले चित्लाङमा ३० भन्दा बढि होटल संचालनमा छन् । अहिले चित्लाङले एक हजार पर्यटनलाई सेवा दिन क्षमता छ । 

Screenshot_20250318_18435-1742302948.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जना पक्राउ
arrested-(1)-1779500375.jpg

९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg