२९ भदौ, पालुङ । थाहा नगर उद्योग बाणिज्य संघको आयोजनामा बुधबारबाट शुरु भएको दोस्रो थाहा महोत्सवको पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपि शर्मा ओलीले उद्घाटन गरे ।
महोत्सव उद्घाटन गर्दै नेता ओलीले देशको विकासका लागि जुट्न युवाहरुलाई आग्रह गरे । उनले स्थानीय क्षेत्रको विकासका लागि स्थानीय बासिन्दा जुट्नुपर्ने भन्दै देशमै पसिना बगाउन युवाहरुलाई आग्रह गरे । बैदेशिक रोजगारीमा नजान समेत युवाहरुलाई उनको सुझाव थियो । विकासमा पक्ष विपक्ष नभई एक भएर अघि बढ्न समेत ओलीले सबैलाई आग्रह गरे । विधिसम्बत बनेको संविधान कार्यान्वयनका लागि जुट्नु पर्नेमा उनको जोड थियो ।
देश विकासका लागि पूर्वाधारको काम अघि बढाउन थालेको देखिएर आत्तिएकाहरुले आफु नेतृत्वको सरकार ढलाएको उनको दावि थियो । थाहा नगर उद्योग बाणिज्य संघका अध्यक्ष कविराज खत्रिको अध्यक्षतामा भएको कार्यक्रममा राजनैतिक दलका नेता, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीयको सहभागिता रहेको थियो । असोज ८ गतेसम्म संचालन हुने मेलामा करिब ६ करोड रुपैयाको आर्थिक कारोबार हुने लक्ष्य लिईएको छ ।
तस्विर : राजेश श्रेष्ठ
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

















