१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०८२।०८३ का लागि ६७ अर्ब ४७ करोड रुपैंयाको बजेट ल्याएको छ । आइतबार बेलुकी बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेको बजेटमा कूल विनियोजित बजेटमध्ये चालू खर्चतर्फ २६ अर्ब ४ करोड ४६ लाख ९१ हजार बजेट छुट्याइएको छ । यस्तै, पूँजीगततर्फ ४१ अर्ब ४३ करोड २६ लाख ३६ हजार रुपैंया बजेट विनियोजन गरिएको छ । बजेटमध्ये चालूतर्फ ३८.६ प्रतिशत र पूँजीगततर्फ ६१.४ प्रतिशत बजेट विनियोजन भएको छ ।
अनुमान गरिएका खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट २८ अर्ब ८७ करोड ८२ लाख एक हजार, अन्य राजस्वबाट ६ अर्ब ७९ करोड ४ लाख १३ हजार, संघीय सरकारबाट वित्तीय हस्तान्तरणबाट प्राप्त हुने ४१ अर्ब ८१ करोड ९३ लाख र चालु आवको अनुमानित सञ्चित कोषको बचत र विविध प्राप्तीबाट १६ अर्ब ९८ करोड ९४ लाख रुपैंया १३ हजार रुपैंया अनुमान सरकारले गरेको छ। बागमती प्रदेश सरकारले आव ०८१।८२ मा ६४ अर्ब ५५ करोड ४ लाख ३१ हजार रूपैयाँको बजेट ल्याएको थियो ।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...