२० असार,हेटौंडा । भिमफेदी - कुलेखानी सडकखण्ड अन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ रातोमाटेमा यात्रु बोकेको इभी भ्यान दुर्घटना हुदा ५ जना घाइते भएका छन् भने घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ।
शुक्रबार दिउँसो हेटौंडाबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०५५१ नम्बरको इभी भ्यान भीमफेदी कुलेखानी काठमाण्डौ सडक खण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका- २ रातमाटेमा दुर्घटना भएको हो ।
गाडीमा सवार १० जना मध्ये ५ जना घाइते भएको तीमध्ये तीन जना गम्भीर घाइते रहेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जनाएका छन् ।घाइते हुनेमा पर्साको जिराभवानी गाउँपालिका– ३ का ३५ वर्षीय चन्द्र सन्जु गौर, भारतको विहारका ३९ वर्षीय रिसाहद कुमार र भारत विहारकै ३५ वर्षीय उमा शंकर कुमार रहेको र उनीहरूको अवस्था गम्भिर रहेको छ।
त्यस्तै दुर्घटनामा भारतको विहारका २७ वर्षीय जताशंकर कुमार र ५० वर्षीय राकेश कुमारको अवस्था सामान्य रहेको छ। उनीहरुलाई उपचारका लागि काठमाडौं पठाइएको प्रवक्ता अर्यालले जानकारी दिए। प्रहरीले इभी चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...
२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...
२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...
२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...
२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...
२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...
२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...
२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...
२० असार, हेटौंडा । हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरको राक्सिराङका एकजना...
१४ असार, हेटौंडा। मकवानपुरको हेटौंडामा घाइते अवस्थामा फेला परेका एक व्यक्तिको मृत्यु भएको छ।शनिबार बिहान पुर्व...
१४ असार, हेटौंडा। मकवानपुरको बेतिनीमा स्वास्थ्य चौकीमा कार्यरत कार्यालय सहयोगीको खुर्पा प्रहारबाट एक जना...
१२ असार, हेटौंडा। हेटौँडामा अचेत अवस्थामा फेला परेका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। पुर्व पश्चिम...
१२ असार, हेटौंडा। हेटौंडा १ का एक युवकलाई भाउजूको हत्या गरेको घटनामा दोषी ठहर गर्दै ३५ वर्ष कैद सजाय सुनाइएको...
२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको...
२४ असार, हेटौंडा। हेटौंडा अस्पतालको भवन निर्माणमा खटिएका एक मजदुर खसेर गम्भीर घाइते भएका छन्। मंगलबार साँझ...
१९ असार, हेटौंडा। मकवानपुरको थाहानगरमा आफ्नै छोरीलाई बलात्कार गर्ने बाबुलाई दोषी ठहर गर्दै ४५ वर्ष कैद सजाय...
१७ असार, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाल विद्युत प्राधिकरणको लापरबाहीले करेन्ट लाग्दा ३ जना...