Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

सुनगाभाद्वारा विद्यार्थी र शिक्षकलाई सम्मान

IMG_20250704_171243_1_edi-1751643930.jpg

२० असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनले शुक्रबार विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ । विद्यालयले एसईईमा उतिर्ण विद्यार्थी र कक्षा १० मा अध्यापन गर्ने शिक्षकहरूलाई सम्मान गरेको हो ।

विद्यालयले यसबर्षको एसईईमा उतिर्ण २१ जना विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउन योगदान गर्ने कक्षा १० मा अध्यापन गर्ने ६ जना शिक्षकलाई सम्मान गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-६ का वडा सदस्य बिजय पौडेल, सुनगाभा बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष साधुराम चौलागाईं, विद्यालयका पूर्व अध्यक्ष हिमाल पौडेल, विद्यालयका प्रवन्ध सञ्चालक खडानन्द चौलागाईं, शिक्षक अभिभावक संघकी संयोजक लक्ष्मी कर्माचार्य, विद्यालयका प्रधानाध्यापक अरूणकुमार पराजुली, शिक्षकहरूको तर्फबाट रचना बज्राचार्य, विद्यार्थीहरूको तर्फबाट शिक्षा दुलाल र कौशल पुडासैनी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका संचालकहरूले सिमित स्रोतसाधनकाबीच पनि सुनगाभाले जिल्लामै दोस्रो स्थान हासिल गर्नु सामुहिक मेहनतको प्रतिफल भएको बताएका थिए । उनीहरूले अहिलेको नतिजालाई थप सुधार गर्दै आगामी दिनमा उत्कृष्टतातर्फ अघि बढ्न सबैको साथ र सहकार्यमा जोड दिने बताए ।

२१ जना विद्यार्थी एसईईमा सहभागी गराएको सुनगाभाले सतप्रतिशत नतिजा हात पारेको थियो । विद्यालयका ७ जना विद्यार्थीले ए प्लस, ११ जनाले ए र ३ जनाले बि प्लस ग्रेड ल्याएका थिए ।

IMG_20250704_172049-1751643965.jpg

समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
माओवादी केन्द्रीय पदाधिकारी बैठक बस्दै
Moist-1752131877.jpg

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...

रसुवामा भएको क्षतिको विवरण संकलन गर्न समिति
Baadi-Rasuwa-1752131247.png

२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...

आज गुरु पूर्णिमा पर्व मनाइँदै
1593877813-1752111748.jpg

२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...

एक दुई स्थानमा भारी वर्षाको सम्भावना
16655388081665538808-1752111250.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र...

बागमतीको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि मन्त्री श्रेष्ठलाई
images(11)-1752074370.jpg

२५ असार, हेटौंडा। बागमती प्रदेश सरकारको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपन्छी विकासमन्त्री...

कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री खनाल पार्टीबाट निस्कासित
bikram-khanal-1752056788-1752061541.jpg

२५ असार, हेटौंडा । नेपाली कांग्रेसले पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिका महामन्त्री विक्रम खनाललाई...

गृहमन्त्रीद्वारा बाढीले पुर्याएको क्षतिबारे जानकारी
ramesh-lekhak1685191632-1752060683.jpg

२५ असार, हेटौंडा । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्याएको क्षतिबारे जानकारी...

पहिरो खस्दा कान्तिलोकपथ अवरुद्ध
IMG-20240926-WA0006-1752033658.jpg

२५ असार, हेटौंडा। मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडा हुदै काठमाडौँ जोड्ने कान्तिलोकपथ अवरुद्ध...

प्रतिनिधिसभाको बैठक दिउँसो बस्दै
samsad1673182378-1752025736.jpg

२५ असार, हेटौंडा । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा महिला...

थप समाचार