Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मेयर कपमा १ नम्बर वडाको विजयी शुरुवात

FB-Photo-1520083897.jpg

१९ फागुन, हेटौँडा । हेटौँडा शनिबारबाट शुरु भएको तेस्रो संस्करणको मेयरकप फुटबल प्रतियोगितामा १ नम्बर वडाले विजयी शुरुवात गरेको छ ।

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन ७ नम्बर वडालाई २–१ गोलअन्तरले पराजित गर्दै वडा नम्बर १ ले विजयी शुरुवात गरेको हो । खेलको १६ अौं मिनेटमा ७ नम्बर वडाका अनिल थापाले गोल गर्दै अग्रता दिलाएका थिए । तर ७ नम्बर वडाका खेलाडि किरण गुरुङको आत्माघाति गोलपछि खेलको २३ औं मिनेटमा बराबरी भयो ।

खेलको ५२ अौं मिनेटमा सुमन लामाले १ नम्बर वडाका लागि विजयी गोल गरे । ७ नम्बर वडा प्रतियोगिताबाट बाहिरिएको छ । शनिबारको खेलको म्यान अफ द म्याच १ नम्बर वडाका कृष्ण लामा घोषित भए । प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार तथा उपविजेताले ७५ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडिले नगद १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले नगद ७ हजार ५ सयका दरले पुरस्कार पाउने खेल व्यवस्थापक जिल्ला खेलकुद विकास समिति मकवानपुरका कार्यालय प्रमुख खुसराज दाहालले बताए । प्रतियोगितामा नगरका १९ वडाका टिमको सहभागिता रहेको छ ।

आइतबार १५ नम्बर वडाले १० नम्बर वडासँग पहिलो खेल खेल्दा दोस्रो खेलमा १८ नम्बर र ३ नम्बर वडाबिच प्रतिष्पर्धा हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार