४ असोज, हेटौंडा । नेपालको परिचित इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा "दुई वर्षको इन्टरनेट एक वर्षको मूल्यमा" भन्ने आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत ग्राहकहरूले ७० एमबिपिएस इन्टरनेट जडानका लागि मासिक ४४३ रूपैयाँमा वाई-फाई सिक्स राउटरसहित सेवा लिन सक्नेछन्।
कम्पनीका अनुसार यो अफर १००, २०० र ३०० एमबिपिएससम्मका अन्य इन्टरनेट प्लानहरूमा पनि लागू हुनेछ। यस योजनाअन्तर्गत ग्राहकहरूले एक वर्षको भुक्तानी गरेर दुई वर्षसम्म निरन्तर सेवाको फाइदा उठाउन सक्नेछन्।
कम्पनीले उपलब्ध गराउने वाई-फाई सिक्स राउटरमा एकै नेटवर्कमा धेरै डिभाइस जडान भएपनि इन्टरनेट स्पीडमा कमी नआउने सुविधा रहेको छ। यो राउटरले ५० भन्दा बढी डिभाइसहरूलाई एकसाथ सपोर्ट गर्न सक्छ।
राउटरका अन्य विशेषताहरूमा कम लेटेन्सी, डबल ब्याण्ड सुविधा र टार्गेट वेक टाइम प्रविधि रहेको छ। यी सुविधाहरूले गेमिङ, भिडियो स्ट्रिमिङ र भिडियो कलमा ढिलाइ नहुने र मोबाइल तथा ल्यापटपको ब्याट्री खपत कम गर्ने कम्पनीको दाबी छ।
क्लासिक टेकले इन्टरनेट सेवासँगै आईपी टिभी सेवा पनि उपलब्ध गराउने भएको छ। मासिक २५० रूपैयाँमा स्मार्ट सेट-टप बक्स प्रयोग गरी विभिन्न च्यानलहरू हेर्न सकिने कम्पनीको भनाइ छ।
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२१ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी...
२१ कार्तिक, हेटौंडा। हेटौंडा हुदै ललितपुर जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ अवरुद्ध बनेको छ।...
२१ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी...
२१ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक आजदेखि सुरु हुँदै छ । चितवनको...
२१ कार्तिक, हेटौंडा । नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ। यूएई श्रृंखलामा चारै खेल गुमाएको नेपाल मध्यरातमा...
२१ कार्तिक, हेटौंडा । आईजीपी चन्द्रकुवेर खापुङले जेनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगलाई स्पष्टीकरणको...
२१ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल गण्डकी प्रदेश, कर्णाली...
२० कार्तिक, हेटौंडा । भदौ २३ र २४ गतेको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगले आइजिपी चन्द्रकुबेर...
७ कार्तिक, हेटौंडा । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–४ दुमकट्टामा देउसी भैलो खेल्ने समूहको कुटपिटबाट एक...
९ कार्तिक, हेटौंडा। मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको सरुवा भएको छ।गृह मन्त्रालयले आइतबार...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
१० कार्तिक, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी ९ नयाँ बस्ती लच्कामा ग्यास बुलेटको...
११ कार्तिक, हेटौंडा। हेटौंडा १० कर्रा खोलामा डुबेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ । मंगलबार बिहान...
१५ कार्तिक, हेटौंडा। बंगालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” का कारण बिगत ३ दिनदेखिको अविरल वर्षाका कारण...
१० कार्तिक, हेटौंडा । हेटौंडामा पनि छठ पर्व उल्लासका साथ मनाइएको छ । छठ ब्रतालुहरू अर्घ लिएर हेटौंडाको राप्ती...
१५ कार्तिक, हेटौंडा। कार्तिक १४ गतेदेखिको अविरल वर्षाका कारण कुलेखानी - सिस्नेरी दक्षिणकाली सडकखण्डमा पहिरो...
८ कार्तिक, हेटौंडा । मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर...














-1761633654.jpg)


