Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

बागमती प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकले गर्यो यस्तो निर्णय

IMG-20251009-WA0200-1760019802.jpg

२३ असोज, हेटौंडा । बागमती प्रदेशको प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठक बिहिबार बसेको छ । 
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको बैठकले असोज १७ देखि २१ गतेसम्म परेको प्राकृतिक विपद्का बारेमा सरोकारवाला निकाय र मन्त्रालयद्वारा आआफ्नो क्षेत्रको क्षति तथा गरिएका कार्यप्रगतिको समिक्षा गर्दै विभिन्न निर्णय गरेको छ ।
बैठकमा पूर्व मुख्यमन्त्री तथा विपक्षि दलका नेता शालिकराम जम्कट्टेल, मन्त्रीहरू, सांसदहरू सरल सहयात्री, रमेश महत, प्रमुख सचिव, मन्त्रालयका सचिव, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो ।
बैठकका निर्णयहरु :-
१) देशभर मिति २०८२ असोज १७-२१ गते सम्म भएको मनसुनी बर्षाका कारण सिर्जित बाढी, पहिरो लगायातका घटनामा परि दिवंगत हुनुभएका नागरिकहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको परिवारप्रति गहिरो समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।साथै उक्त विषम परिस्थितिमा विषयगत मन्त्रालय र सुरक्षा निकायहरुबाट जोखिम न्यूनीकरण, प्रतिकार्य र सवारी आवागमन लगायतका कार्यहरुमा उल्लेख्य भूमिका निर्वाह गरेकामा धन्यवाद ज्ञापन गर्दै बागमती प्रदेशबाट हालसम्म मनसुन बाहिरि नसकेको हुँदा आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेश मन्त्रालय/निकाय, प्रदेशस्थित सुरक्षा निकायहरु, जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा सार्वजनिक सेवा प्रदायक कार्यालयहरुको आफूसँग भएको स्रोत साधन तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राख्न निर्देशन दिने निर्णय गरियो ।
२) बागमती प्रदेश अन्तरगतका जिल्ला प्रशासन कार्यालयले (जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र (DEOC) सँगको समन्वयमा सम्बन्धित जिल्लाका स्थानीय तहहरु तथा जिल्लास्थित कार्यालयहरुमाविपद्‌बाट भएको मानवीय, पशुचौपया तथा कृषिबाली, घरगोठको क्षति, उद्योग व्यवसायहरु, सार्वजनिक सम्पत्ति (सडक, पुल, विद्युतगृह, स्वास्थ्यचौकी, विद्यालय, सरकारी कार्यालय) तथा प्रभावित परिवार लगायतकोअद्यावधिक विवरण यथाशिघ्र प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्र (PEOC) मा पठाउन लेखी पठाउने ।
 ३. विषयगत क्षेत्र परिचालनका सम्बन्धमा सम्बन्धित विषयगत मन्त्रालयहरुलेदेहाय बमोजिमको कार्य तत्काल प्रारम्भ गर्ने।
क. प्रदेश राजमार्ग अन्तर्गत रहेका अवरुद्ध सडक तत्काल सूचारु गर्नआवश्यक भएको हुँदा भौतिक पूर्वाधार विकास मन्त्रालयले, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय तह, विभिन्न राजनीतिकदलहरु, निर्माण व्यवसायी लगायत निजी क्षेत्र  एवम् स्थानीयस्वयंसेवकहरुको साथ सहयोग लिई सडक सुचारु गर्न आवश्यक प्रक्रियाअगाडी बढाउने। सडक सूचारु गर्नका लागि आवश्यक पर्ने बजेटकासम्बन्धमा लागत ईस्टिमेट लगायतका आवश्यक विवरण सहित आर्थिकमामिला तथा योजना मन्त्रालयमा पेश गर्ने।
ख. विपद्‌बाट क्षति भएका कृषिबाली तथा पशुचौपायाको तथ्याङ्क संकलनगरि आवश्यक राहतको व्यवस्था कृषि तथा पशुपन्छी विकास मन्त्रालयलेमिलाउने।
ग. बागमती प्रदेश भित्र रहेका विद्यालयहरुको क्षतिको अवस्था संकलन गरिसामाजिक विकास मन्त्रालयले तत्काल मर्मत सम्भार गर्नुपर्ने भए सोकोकार्य प्रारम्भ गर्ने।
घ. खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्रालयले खानेपानीको पहुँचबाट प्रभावितपरिवारको तथ्याङ्क संकलन गरि आवश्यकता अनुसार खानेपानीउपलब्ध गराउने।
ङ. स्वास्थ्य मन्त्रालयले विपद्का कारण घाईते व्यक्तिहरुको शीघ्र निशुल्कउपचारका चिकित्सकिय टोली तथा आवश्यक औषधी तथा उपकरणकोव्यवस्थापन गर्ने।
च. विपद्‌बाट प्रभावित परिवारका लागि खाद्यान्न लगायत अत्यावश्यकवस्तुको सहज आपूर्तिको व्यवस्थाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको समन्वयमा उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने।
छ. वन तथा वातावरण मन्त्रालयले जोखिमयुक्त जलाधार र बस्तीको क्षतिसंकलन गरि सोको संरक्षणका लागि आवश्यक कार्य गर्ने।

IMG-20251009-WA0203-1760019803.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg