११ माघ,हेटौंडा । बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्य चयनका लागि आज निर्वाचन हुँदैछ। बागमती प्रदेशमा रिक्त रहेको २ सिटका लागि विभिन्न ४ दलका ६ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
एक महिला र १ अन्य कलस्टरको सिटका लागि नेपाली कांग्रेस र नेकपा एमालेले चुनावी गठबन्धन गरेका छन् भने नेपाली कम्युनिष्ट पार्टी र नेपाल मजदुर किसान पार्टी का उम्मेदवारी एकला एक्लै चुनावी प्रतिस्पर्धामा रहेका छन् । आज हुने निर्वाचनमा महिला समूहतर्फ नेपाली कांग्रेसकी गीता देवकोटा, नेकपा की सरोजकुमारी झा र नेपाल मजदुर किसान पार्टीकी कविता महर्जन उम्मेदवार छन्। अन्य समूहतर्फ एमालेका प्रेमप्रसाद दंगाल, नेकपाका प्रेमप्रसाद सापकोटा र नेमकिपाका विक्रम डुकुछे उम्मेदवार रहेका छन्। आजको निर्वाचनमा बागमती प्रदेशका ६ सांसद र ३ जना जनप्रतिनिधिले भोट हाल्न नपाउने भएका छन् । बागमती प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले, सुनिल केसी ,युवराज दुलाल,वसन्त प्रसाद मान्नधर , अमन कुमार मास्के र प्रकाश श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवार भएको र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र धुलिखेल नगरपालिकाका मेयरले प्रतिनिधिसभाको निर्वाचनमा लड्न पदबाट राजीनामा दिएको र दक्षिणकालीका मेयर निलम्बनमा परेकाले उनीहरु मतदान गर्नबाट बन्चित रहेको निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्।
बागमती प्रदेशका लागि हेटौंडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयलाई मतदानस्थल तोकिएको छ। उक्त मतदानस्थलमा २ वटा मतदान केन्द्र राखिएको छ। मतदानको समय बिहान ९ बजेबाट अपरान्ह ३ बजेसम्मको लागि तोकिएको छ । उक्त निर्वाचनमा प्रदेश सांसदको ५३ मतभार र स्थानिय तहका प्रमुख।उप प्रमुखको १९ मतभार रहेको छ । मतगणना पनि मतदान सक्किए लगत्तै गरिने जनाइएको छ ।
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...


















