Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

बागमतीका तत्कालिन मेयर थापाविरूद्ध अर्को मुद्धा दायर

Screenshot_20260212_07425-1770861487.jpg

२९ माघ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकामा माछा पोखरी निर्माणका क्रममा भएको उत्खनन्मा भ्रष्टाचार भएको भन्दै मुद्धा दायर गरेको छ।
आयोगले नगरपालिकाका तत्कालिन मेयर भरत कुमार थापा, उपमेयर र कर्मचारीहरूसहित सागरनाथ वन विकास परियोजनाका तत्कालीन प्रमुखसहित १४ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको हो ।
आयोगले तत्कालीन नगरप्रमुख थापा, उपप्रमुख लिला कुमारी मोक्तान, तत्कालिन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल, लेखा अधिकृत विश्वराज पोखरेल र इन्जिनियर सागर पौडेललाई प्रतिवादी बनाएको छ।
त्यस्तै आयोगले सागरनाथ वन विकास परियोजनाका तत्कालीन परियोजना प्रमुखहरू विशाल घिमिरे, देवेशमणि त्रिपाठी, राम किशोर यादव, प्रेमीलाल प्रसाद कलवार, जितेन्द्र कर्माचाय र सहायक वन अधिकृतहरू भोला यादवलाई प्रतिवादी बनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बागमती नगरपालिकाले सागरनाथ वन विकास परियोजना अन्तर्गतको मुर्तिया वन व्यवस्थापन शाखाको क्षेत्रमा क्षेत्राधिकार मिचेर माछा पोखरी निर्माण गरेको छ ।
पोखरी निर्माणका क्रममा उत्खनन् गर्दा नदीजन्य वस्तुहरु ढुङ्गा, गिट्टी, बालुवा रोयल्टी नतिरी राजस्व चुहावट गरेको आयोगको दाबी छ।
आयोगले नगरपालिकाले ७ करोड ३८ लाख ९३ हजार ५०८ क्यू फिट नदीजन्य पदार्थ उत्खनन् गरेको दाबी गरेको छ। जसबाट राज्य कोषलाई ५८ करोड ६२ लाख १४ हजार ६५८ रुपैयाँ हानी नोक्सानी भएको अभियोगपत्रमा उल्लेख गरेको छ।
यसअघि आयोगले प्रमुख थापाविरुद्ध अकुत सम्पत्ति आर्जन गरेको दाबीसहित २०८० चैतमा मुद्दा दायर गरेको थियो। ५ करोड ३३ लाख ५३ हजार बिगो कायम भएको उक्त मुद्दामा विशेष अदालतले गत साउन २१ गते फैसला गर्दै थापालाई दोषी ठहर गरेको थियो।
उनलाई १ वर्ष कैद र ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ जरिवाना गर्ने र उनको नाममा रहेको अवैध सम्पत्ति जफत गर्न फैसला भएको छ।
त्यस्तै भरत ताल निर्माणका क्रममा पनि भ्रष्टाचार भएको भन्दै आयोगले २०८१ जेठमा उपमेयरसहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। भरत ताल निर्माण गर्दा ३० करोड २९ लाख ३४ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै दायर भएको मुद्दामा दोषी ठहर गर्दै विशेष अदालतले गत साउनमा थापा ८ वर्ष कैद र १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ जरिवाना गरेको थियो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार