३१ भदौ, हेटौँडा । कर्मचारी सञ्चय कोष हेटौँडा शाखाले एक लाख सञ्चयकर्तालाई सेवा दिईरहेको जनाएको छ । कर्मचारी सञ्चय कोषको ५५ औं बार्षिकोत्सवको अवसरमा शुक्रबार हेटौँडामा भएको कार्यक्रमा यस्तो जानकारी दिईएको हो ।
कार्यक्रममा आव ०७२/०७३ को प्रगति विवरण प्रस्तुत गर्दै शाखा प्रमुख दिनेशकुमार केसीले कार्यालयले जनकपुर अञ्चलका सर्लाही, महोत्तरी, धनुषा, सिन्धुली, नारायणी अञ्चलका चितवन, मकवानपुर, बारा, पर्सा र रौतहट गरी ९ जिल्लाका एक लाख सञ्चयकर्तालाई सेवा दिईरहेको बताए ।
उनका अनुसार आव ०७२/०७३ मा हेटौँडा शाखाबाट १५ हजार ९ सय ९८ सञ्चयकर्ताले १ अर्ब ६६ करोड ७५ लाख रुपैँया विशेष सापटी स्वरुप लिएका छन् । त्यसैगरी, ५३ सञ्चयकर्तालाई घर सापटीबापत ११ करोड १५ लाख रुपैँया र शैक्षिक सापटीतर्फ १५ जनालाई २ करोड ४ लाख रुपैँया कर्जा प्रवाह गरिएको छ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी मानबहादुर विकेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा कोष तथा लेखा नियन्त्रण कार्यालय हेटौँडाका कोष नियन्त्रक कृष्णप्रसाद पोखरेल, हरिकृष्ण कार्की, विमल खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
खेलाडि र रक्तदातालाई सम्मान
बोर्षिकोत्सवको अवसरमा हेटौँडा भएको साताव्यापी कार्यालयमा विजयी खेलाडि र रक्तदातालाई शाखा कार्यालयले सम्मान गरेको छ ।
कार्यक्रममा स्लो बाईक रेसमा नन्दकिशोर राय पहिलो र गौरीशंकर मल्लिक दोस्रो, हट पोटेटोतर्फ अरुण कार्की पहिलो र रामबहादुर खड्का दोस्रो, दौडतर्फ पोष्टराज निरौला पहिलो र रामबहादुर खड्का दोस्रो भएका थिए ।
त्यसैगरी, क्यारेमबोर्ड सिंगलतर्फ अतुल बास्कोटा पहिलो र नन्दकिशोर राय दोस्रो, व्याडमिन्टन सिंगलतर्फ दीपकराज भट्टराई पहिलो र अरुण कार्की दोस्रो भएका थिए । रक्तदाता २२ जनालाई पनि कार्यक्रमा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
२७ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।बैठकमा प्रधानमन्त्री केपी...
२७ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका...
२७ माघ, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २३ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक...
२६ माघ, हेटौंडा । मकवानपुरगढी-२ मा रहेको बाघभैरव सामुदायिक वन उपभोक्ता समूहको २७ औं साधारणसभा सम्पन्न भएको छ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२६ माघ, हेटौंडा । खानेपानी मन्त्रालयमा आज बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ । खानेपानीमन्त्री...
२५ माघ, हेटौंडा । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यसको प्रभावले कोशी, गण्डकी, कर्णाली र...
२६ माघ, हेटौंडा। नेपाल प्रहरीका ७५ प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरु प्रहरी नायव उपरीक्षक (डिएसपी) बढुवा...
२५ माघ, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर ३ पहिरो परेर ज्यान गुमाएको हेटौंडा–१२ का बालफुटबलर अनुपम...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२२ माघ, हेटौंडा। दैलेखको तोलीजैसी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।मंगलबार साँझ ५ बजेर २० मिनेट जाँदा दैलेख...
१८ माघ,हेटौंडा । नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ। निगमले शुक्रबार मध्यरातिबाट लागु...