Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

अर्यालद्वारा पत्रकार उपचार कोषमा २ लाख सहयोग

FNJ-1522149848.jpg

१३ चैत, हेटौँडा । मकवानपुरका उद्योगी नबराज अर्यालले मंगलबार नेपाल पत्रकार महासंघ मकवानपुर शाखाकोे पत्रकार उपचार कोषमा दुई लाख रुपैयाँ हस्तान्तरण गरेका छन् ।

पत्रकार उपचार कोषका लागि अर्यालले आफ्नो जन्मदिनका अबसरमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । सबै संचारकर्मीका माझ रकम हस्तान्तरण कार्यक्रममा अर्यालले पत्रकार महासंघ मकवानपुरका अध्यक्ष तथा पत्रकार उपचार कोषका संयोजक हरि हुमागाईलाई चेक हस्तान्तरण गरेका थिए ।

आफ्नो जन्म दिनका अबसरमा अर्यालका बुबा बिस्वनाथ अर्याल, आमा शिबकुमारी अर्याल, ठुली आमा तिलकुमारी अर्याल, ससुरा नारायण प्रसाद भण्डारी, सासु बाल्मीका देबि भण्डारी र ठुली सासु लोकमायाँ भण्डारीको नाममा सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै उद्योग संघ मकवानपुरका अध्यक्ष समेत रहेका अर्यालले सबैका पिडा बुझेर समाचार लेख्ने पत्रकारहरुका पिडा कसैले पनि बुझ्दैन र उनिहरुका निम्ती सहयोग गर्ने हातहरु पनि कमै मात्र हुन्छन्, त्यसैले आफुले सहयोग गरेको बताए ।

पत्रकारका निम्ती अरु पनि संस्थागत रुपमा समस्या परेमा आफु सदैब सहयोग गर्नका लागि तयार रहेको उनले बताए । रकम बुझ्दै नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले गम्भिर बिरामी परेपछी पत्रकारहरु काम गर्न पनि नसक्ने र उपचारका लागि बाबु आमा र आफन्त संग माग्नुपर्ने बाध्यता रहेकाले उपचारकोष संचालन गर्ने निणय गरिएको बताए । सबैले गरेको सहयोगबाट रकम कहिले पनि नचलाउने र त्यसको ब्याजबाट मात्र पत्रकार गम्भिर बिरामी परेमा सहयोग गर्ने अध्यक्ष हुमागाईले बताए । उद्योगी अर्यालले आफ्नो जन्मदिनका अबसरमा हेटौंडाको मानब सेवा आश्रममा आश्रीतहरुलाई एक छाक खाना खुवाएका हुन् ।

हेटौंडा ४ कर्रामा रहेका आश्रममा आश्रीतहरुलाई खाना खुवाएका हुन् । पैसा कमाएर मात्र नहुने भन्दै यस्तो महत्वपुर्ण काम गरेकाहरुलाई सहयोग पु¥याउनका लागि पनि खाना खुवाएको बताए । पत्रकार उपचार कोष महासंघ मकवानपुर शाखासंग आबद्ध भएका आफ्ना सदस्यहरु गम्भीर बिरामी परेमा उपचारको क्रममा सहयोग होस भन्ने उद्देश्यले उपचार कोष स्थापना गर्ने निणय यही चैत १० गतेको महासंघको नियमित बैठकले गरेको हो । मकवानपुरका पत्रकार गम्भीर खालका बिरामी पर्दा आर्थिक अभावका कारण समस्यामा पर्दै आएकाले कोषको स्थापना गरेर रकम सहयोग गर्नका लागि आव्हान गर्ने निणय भएको हो ।

पत्रकार उपचार कोष संकलन गर्नका लागि पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईको संयोजकत्वमा उपाध्यक्षद्वय कुमार अधिकारी पोष्टराज र सरिता दाहाल तथा सचिव गणेश दर्पण अधिकारी सदस्य रहेका छन् । कोषमा अध्यक्ष हुमागाई र उपाध्यक्ष अधिकारीले बैठकले निणय गरेकै दिनमा आफैले रकम सहयोग गरेर सुरुवात गरेका थिए । आगामी दिनहरुमा पनि पत्रकार महासंघ मकवानपुरमा आबद्ध रहनुभएका पत्रकार, बिभिन्न सञ्चार संस्था, अरु शुभेच्छुक ब्यक्ति र संस्थासंग रकम संकलन गरेर उपचार कोषमा रकम बृद्धि गरिने छ ।

कोषमा जम्मा भएको रकम के कसरी गम्भीर खालका बिरामीलाई उपचारमा सहयोग गर्ने भन्ने बिषयको निर्णय भने महासंघ मकवानपुर शाखाको बैठकले गर्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा
Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको...

मुख्यमन्त्री जम्कट्टेल बिरामी, हेलिकप्टरबाट काठमाडौं लगिंदै
shalikram-jamkattel_20230-1715068541.jpg

२५ बैशाख, हेटौंडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । खानेपानी आयोजना...

कांग्रेसद्वारा गण्डकी सरकारविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता
img-04-1715067683.jpg

२५ बैशाख, काठमाडौँ । गण्डकी प्रदेश सरकारविरुद्ध नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दर्ता गराएको छ । नेपाली...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो
Gold-1715067279.jpg

२५ बैशाख, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य मंगलबार तोलामा ८०० रुपैयाँ बढेको हो...

मुम्बइद्वारा हैदराबाद ७ विकेटले पराजित
New-Project-2024-05-06T23-1715047805.jpg

२५ बैशाख, काठमाडौँ । आइपिएल अन्तरगत सोमबार राति भएको खेलमा मुम्बइ इन्डियन्सले सनराइजर्स हैदराबादलाई पराजित...

इङ्ग्ल्यान्डसंगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित
Screenshot_20240507_07231-1715045908.jpg

२५ बैशाख, काठमाडौँ । इङ्ग्ल्यान्ड ‘सी’सँगको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टिम २-० गोलले पराजित...

सभामुखद्वारा छलफलका लागि बैठक आह्वान
devraj-ghimire_gPjQysa9UQ-1715045273.jpg

२५ बैशाख, काठमाडौँ । सभामुखले देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक...

स्वास्थ्य मन्त्री उपेन्द्र यादव स्वदेश फर्किए
upendra-yadav-1715044842.jpg

२५ बैशाख, काठमाडौँ । स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव स्वदेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715043906.jpg

२५ बैशाख, काठमाडौँ ।  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय...

थप समाचार