फाइल तस्विर
३२ असार, हेटौंडा । नेपालले जर्सीसँगको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि जित हात पारेको छ । बुधबार राति वर्षाले प्रभावित खेलमा नेपाल डीएलएस पद्धतिअनुसार सात रनले विजयी भएको हो ।
पहिलो खेलमा नेपालले ८१ रनको जित निकालेको थियो । एनसीसी ग्रानभिलमा घरेलु टोली जर्सीले प्रस्तुत गरेको २८३ रनको लक्ष्य पछ्याएको नेपालले ४६ ओभरमा ५ विकेट गुमाएर २५१ रन बनाएको अवस्थामा वर्षा भएको थियो ।
नेपालका इशान पान्डेले सर्वाधिक ९० रनको योगदान गरे । कुशल भुर्तेलले ५२, भीम सार्कीले ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित ३४ रन जोडे ।
जर्सीका लागि चाल्र्स पर्चार्डले दुई तथा जुलियस समरायर र स्कट भान ब्रेडाले एक–एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको निम्तो पाएको जर्सीले ५० ओभरमा ६ विकेट गुमाएर २८२ रनको योगफल तयार पारेको थियो । जर्सीका लागि प्याट्रिक गजले सर्वाधिक ९५ रनको योगदान गरे । ह्यारिसन कारिलोनले ५६, ज्याक ट्राइबले ५०, निक ग्रीनउडले ३२ र जोन्टी जेनरले २७ रन बनाए ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले दुई-दुई तथा ललितनारायण राजवंशीले एक विकेट लिए ।
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आगामी त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको तयारीस्वरुप जर्सीसँग अभ्यास खेल खेलेको हो ।
नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित श्रृंखला जुलाई २१ देखि शुरु हुँदैछ ।
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















