Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन

samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
सिंहदरबारमा बसेको समितिको बैठकले सम्बन्धित मुलुकका लागि प्रस्तावित व्यक्तिहरूको कार्ययोजना र सुनुवाइ प्रक्रिया पूरा गरी उनीहरूको नाम अनुमोदन गरेको हो। समितिले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चीरनजंग थापा र बेलायतका लागि गौरब शमशेर जबराको नाम राजदूत पदमा अनुमोदन गरेको छ।
यस्तै जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पदमाक्षी राणा, दक्षिण कोरियाका लागि प्रा.डा. संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ती शेरचन र श्रीलंकाका लागि डा. मञ्चला कुमारी झाको नाम पनि सर्वसम्मत रूपमा स्वीकृत भएको छ।
समितिको बैठकमा प्रस्तावित राजदूतहरूले सम्बन्धित मुलुकसँगको द्विपक्षीय सम्बन्ध, आर्थिक कूटनीति, श्रम तथा पर्यटन प्रवर्द्धनका विषयमा आफ्ना योजना र दृष्टिकोण प्रस्तुत गरेका थिए।
संसदीय समितिबाट नाम अनुमोदन भएसँगै अब राष्ट्रपतिबाट औपचारिक नियुक्ति हुने कानुनी प्रक्रिया अगाडि बढ्नेछ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
१० देशमा सिफारिस नेपाली राजदूतहरूको नाम अनुमोदन
samsadiya-sunuwai-samiti-1792026805.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि सरकारद्वारा सिफारिस गरिएका नेपाली राजदूतहरूको...

दुई प्रस्तावित राजदूतकाे नाम अस्वीकृत
Parliamentary-Hearing-Com-1792026529.jpg

२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ।  बुधबार...

आज स्कन्दमाताको पूजा-आराधना गरिँदै
Screenshot_20261015_06480-1792026193.jpg

२९ असोज, हेटौंडा । शारदीय नवरात्रको पाँचौँ दिन आश्विन शुक्ल पञ्चमीका अवसरमा आज नवदुर्गा भवानीको पाँचौँ स्वरूप...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1792025956.jpg

२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...

नेपालसंग ओमान पराजित
844011925_159279501287687-1791940064.jpg

२८ असोज, हेटौंडा । विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान भ्रमणमा रहेको नेपालले लगातार दोस्रो खेलमा जित हासिल गरेको...

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
Screenshot_20261014_06463-1791939707.jpg

२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...

कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै
kusmanda_pA8D8XPe4E-1791939377.jpg

२८ असोज, हेटौंडा । नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1791939176.jpg

२८ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली...

सुनको मूल्य घट्यो
Gold-1791875600.jpg

२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...

थप समाचार