Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अर्थ

मकवानपुरका यातायात व्यसायीद्वारा आन्दोलन कमिटि गठन

Narayani-Yatayat-1524139011.jpg

६ बैशाख, हेटौँडा । मकवानपुरमा रहेका ७ वटा यातायात व्यवसायी संघहरुले संयुक्त आन्दोलन परिचालन कमिटि गठन गरेका छन् । नारायणी यातायात व्यवसायी संघको कार्यालय हेटौँडामा बसेको बैठकले यातायात व्यवसायीले थालेको आन्दोलनलाई सशक्त बनाउन भन्दै कमिटि गठन गरेका हुन् । 
बैठकले नारायणी यातायात व्यवसायी संघको संयोजकत्वमा कमिटि गठन गरेको छ  । बैठकले अन्य संघका अध्यक्ष र महासचिव सचिवालय सदस्य र कार्यसमिति सदस्य रहने निर्णय गरेको छ । बैठकमा नारायणी यातायात व्यवसायी संघ, टेम्पो तथा मझौला यातायात व्यवसायी संघ, मध्यमाञ्चल पेट्रोलीयम ढुवानी व्यवसायी संघ, मकवानपुर पेट्रोलियम डिलर्स एशोसियसन, मध्यमाञ्चल यातायात व्यवसायी संघ र नेपाल ई–रिक्सा व्यवसायी संघ, मनहरी लोकल ढुवानी व्यवसायी संघ रहेका छन् । शुक्रबार ३ नम्बर प्रदेशका मूख्यमन्त्रीलाई ज्ञापनत्र बुझाउने कार्यक्रम तय भएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठले बताए ।
३९ करोड कर बुझाएको दावि
नारायणी यातायात व्यवसायी संघले संस्थामा आवद्ध विभिन्न प्रकृतिका ७ हजार ८ सय २७ सवारीले बार्षिक रुपमा राज्यलाई विभिन्न शिर्षकमा बुझाउँदै आएको कर सार्वजनिक गरेको छ । बस, माईक्रो, सुमो र म्याजिकले २ करोड ३१ लाख १८ हजार ५ सय ८९ रुपैँया, ट्रक, टंयाङ्कर, ट्रिपर र कन्टेनरबाट ३६ करोड ९५ लाख ३४ हजार ८ सय ३६ रुपैंया गरी ३९ करोड २६ लाख ५३ हजार ४ सय २५ रुपैँया बार्षिक रुपमा कर तिर्दै आएको संघको दावि छ । संघले आव २०७३/०७४ मा घर भाडा, बैठक भत्ता, कर्मचारी तलब भत्ता, बार्षिक बचत गरी ३६ लाख ५१ हजार २ सय ६७ रुपैँया आयकर बुझाएको जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1714381508.jpg

१७ बैशाख, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ घटेको हो...

बझाङमा एमालेका उम्मेदवार भण्डारी विजयी
Daman-Bahadur-Bhandari-Ba-1714378671.jpg

१७ बैशाख, बझाङ । बझाङ-१ (१) मा भएको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन्...

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु
accident.-1714378089.jpg

१७ बैशाख, कालिकोट । कालिकोटमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्काभेटरका सहचालक...

बझाङमा कांग्रेसको सिंहको अग्रता, एमालेका भण्डारी पछ्याउदै
congress-uml-2-1714358159.jpg

१७ बैशाख, चैनपुर।  बैशाख १५ गते इलाम र बझाङमा सम्पन्न उप- निर्वाचनको मतगणना भइरहेको छ। सोमबार बिहान ८ बजे सम्मको...

दाङमा आगलागीबाट २३ घर जलेर नष्ट
aglagi-e1695432403369-1714356914.jpg

१७ बैशाख, दाङ । दाङको राजपुर गाउँपालिका ७ हाडेवासमा २३ घर जलेर नष्ट भएका छन् । आगलागीबाट घर र गोठ जलेर नष्ट भएका...

लगानी सम्मेलन आज पनि जारी रहने
lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714355517.jpg

१७ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

इलाममा एमाले र बझाङमा कांग्रेसलाई अग्रता
aaddd-1714352414.JPG

१७ बैशाख, हेटौंडा । शनिवार सम्पन्न भएको उपनिर्वाचनको मतगणना गर्ने काम चलिरहँदा इलाममा एमाले र बझाङमा...

नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद सजाय
Screenshot_20240428_21132-1714318128.jpg

१६ बैशाख, हेटौंडा । नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष...

थप समाचार