१५ बैशाख, हेटौँडा । गोले (तामाङ) बंश उत्थान समाजका केन्द्रीय अध्यक्ष जय गोलेले आफ्नो बंशको संरक्षणमात्रै नभई समुदायकै हितका लागि गोले तामाङहरु संगठित हुनु जरुरी रहेको बताएका छन् ।
गोले (तामाङ) बंश उत्थान समाज मकवानपुरको हेटौँडामा शनिबार भएको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष गोलेले आप्mनो बंशको संरक्षण एवं उत्थानसंगै समुदायको हितका लागि जुट्नु जरुरी रहेको बताएका हुन् । उनले विगतमा गोले समुदायहरुको कुनै तथ्यांकीय विवरण नहुँदा समस्या देखेपछि आफुहरुले समाज गठन गरेको भन्दै आगामी दिनमा यसलाई अझ बलियो ढंगले अघि बढाउने बताए । तामाङ समुदायलाई आर्थिक, राजनैतिक र सामाजिक रुपमा अघि बढाउन सबै एक भएर अघि बढ्नुको विकल्प नभएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै समाजका केन्द्रीय संरक्षक डा. कृष्णकुमार गोलेले बंश संरक्षणका लागि समाजको गठन भईसकेको भन्दै यसलाई अझ व्यवस्थित गर्दै आप्mनो समुदायमा रहेका समस्यालाई पहिचान गरेर समाधानमा जुट्नुपर्नेमा जोड दिए । समाजका जिल्ला अध्यक्ष मानबहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य शुभरत्न गोले, हेटौँडा उपमहानगरपालिका कार्यपालिका सदस्य रुपा गोले, नेपाल तामाङ घेदुङ संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, उत्तरी क्षेत्रबाट रत्नबहादुर गोले, विनायक गोले, पूर्वी क्षेत्रबाट रामबहादुर गोले, पश्चिमी क्षेत्रबाट अवतारसिं गोले, दिनेश गोले, सचिव रोशन गोले, सहसचिव शुभराज गोले, अधिवेशन आयोजक समितिका संयोजक राजकुमार गोलेले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जनप्रशासन विषयमा विद्यावारधी गरेको र सशस्त्र प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षक भएर समाज हितको क्षेत्रमा काम गरेको भन्दै डा. कृष्णकुमार गोलेलाई सम्मान गरिएको थियो ।
समाजको अध्यक्षमा राजकुमार
अधिवेशनबाट राजकुमार गोलेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समाजको उपाध्यक्षमा रामबहादुर गोले, रत्नबहादुर गोले, दिनेश गोले, सचिवमा रोशन गोले, सहसचिवमा विनायक गोले र कोषध्यक्षमा डोल्मा गोले रहेका छन् । त्यस्तै, सदस्यहरुमा ठूलीमाया गोले, रामबहादुर गोले, कुमार गोले, बीरबहादुर गोले, रुपा खुलाल गोले, आकाकुमार गोले, कमानसिं गोले, मञ्जुकुमारी गोले, रामबहादुर गोले, मदनकृष्ण गोले, इमानसिं गोले र कुमार गोले रहेका छन् ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)