Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

समाज

मुगुमा १७ घर जलेर नष्ट

FB_IMG_1513959703266-1-1525355810.jpg

फोटो गुगल

२० बैशाख, मुगु ।बिहिवार बिहान ९ बजेदेखि आगलागी हुँदा मुगुको एक दुर्गम गाउँ खरानीमा परिणत भएको छ । मुगुम कार्मारोङ गाउँपालिका वडा नं ४ किम्री गाउँमा आगलागी हुँदा १७ घर जलेर खरानी भएका हुन् । आगलागीपीडित छिरिङ लामाका अनुसार गाउँको माथिल्लो लहरमा रहेका घर तथा त्यहाँका अन्न, लत्ताकपडा र नगद सबै नष्ट भएका छन् ।

आगलागीबाट लामाको घर पनि पूर्णरुपमा नष्ट भएको छ ।स्थानीयवासीले १९ घर जलेको जानकारी दिए पनि जिल्ला प्रशासन कार्यालयले १७ घर जलेको बताएको छ । सदरमुकामदेखि एक दिनको पैदल दूरीमा पुगिने सो गाउँमा सञ्चार सम्पर्क जोड्न कठिन भएकाले क्षतिको विस्तृत विवरण आउन भने ढिलाइ भइरहेको बताइएको छ ।

बिहान ९ बजेदेखि शुरु भएको आगो अपराह्न ३ बजेपछि मात्र नियन्त्रणमा आएको बुझिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागी नियन्त्रण र पीडितको उद्घारका लागि प्रहरी चौकी पुलुबाट प्रहरी गए पनि टाढा भएका कारण प्रहरी समयमै पुग्न गाह्रो भएको र सम्पर्क गर्न पनि कठिनाइ भएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट दुई दिन पैदल दक्षिण पूर्व रहेकाले सदरमुकामबाट तत्काल राहतका लागि जान समस्या भएको छ । पीडित परिवारलाई पुनःस्थापित र राहत दिनेबारे आजै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला प्रकोप व्यवस्थापन समितिका अध्यक्षको सभापतित्वमा भएको बैठकले अग्निपीडितका लागि तत्काल प्रतिपरिवार रु १० हजारका दरले राहत उपलब्ध गराइने निर्णय गरेको छ ।

रेडक्रस सोसाइटीले त्रिपाल, कम्बल, लत्ताकपडा र भाँडा उपलब्ध गराउने गाउँपालिकाले तीन महिनासम्मका लागि खाद्यान्न उपलब्ध गराउने, जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य टोली खटाउने, खाद्य संस्थानले ५० क्विण्टल खाद्यान्न उपलब्ध गराउने तथा उपलब्ध राहत सामग्रीको व्यवस्थापन र सुरक्षा जिल्ला प्रहरी कार्यालयबाट गर्ने निर्णय गरिएको प्रजिअ उमाकान्त अधिकारीले जानकारी दिए । आगलागीबाट ११२ जना प्रभावित भएका छन् । उनीहरुले छिमेकीका घरमा आश्रय लिएको बताइएको छ । रासस

 


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बामदेव गौतमको अभियान एकीकृत समाजवादीबीच एकता हुने
madhav-bamdev-1752217175.jpg

२७ असार, हेटौंडा ।  बामदेव गौतमको नेतृत्वमा रहेको नेकपा एकता राष्ट्रिय अभियान र नेकपा (एकीकृत समाजवादी) पार्टी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
gold-1752216525.png

२७ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । ८ दिनपछि तोकिएको मूल्य अनुसार सुनको मूल्य घटेको हो...

मकवानपुरको इन्द्रसरोवरमा सुख्खा पहिरो खस्दा एक व्यक्ति गम्भीर घाइते
20200720_073325-165572170-1752205264.jpg

२७ असार, हेटौंडा। मकवानपुरमा सुख्खा खस्दा एकजना गम्भीर घाइते भएका छन्।  शुक्रबार बिहान मकवानपुरको...

राष्ट्रियसभा बैठक आज दिउँसो बस्दै
1704418546_national-sava-1752200122.jpg

२७ असार, हेटौंडा । राष्ट्रियसभा बैठक आज दिउँसो बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्न लागेको हो । बैठकमा सांसदहरू...

मेघगर्जनसहित वर्षाको सम्भावना
rain_PiLaQvymrm-1752199611.jpg

२७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास...

मकवानपुरको थाहानगरमा सडेगलेको शव भेटियो
For-representation-only-1752153356.jpg

२६ असार, हेटौंडा। मकवानपुरकाे थाहा नगरपालिकामा सडेगलेको अवस्थामा एकजनाको शव फेला परेको छ। थाहानगर  ४ ...

माओवादी केन्द्रीय पदाधिकारी बैठक बस्दै
Moist-1752131877.jpg

२६ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक आज बस्दै छ। बैठक अपरान्ह ४ बजे बस्ने भएको हो...

रसुवामा भएको क्षतिको विवरण संकलन गर्न समिति
Baadi-Rasuwa-1752131247.png

२६ असार, रसुवा । रसुवामा भोटेकोशी नदिमा एक्कासी आएको बाढीले पुर्‍याएको क्षतिको विवरण संकलन गर्न समिति गठन...

आज गुरु पूर्णिमा पर्व मनाइँदै
1593877813-1752111748.jpg

२६ असार, हेटौंडा । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति...

थप समाचार