२१ जेठ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ४६ औं विश्व वातावरण दिवसको अवसरमा ‘सामुदायिक वनको विकासमा स्थानीय तहको भूमिका’ विषय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो ।
प्रतियोगितामा भुटनदेवी माविका प्रज्वल पुडासैनी प्रथम, बंशगोपाल माविका विदुर घिमिरे दोस्रो, चन्द्रोदय माविकी स्वस्तिका घलान तृतिय र राजदेवी माविकी रुपा विश्वकर्मा सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ४ हजार, दोस्रोले ३ हजार, तेस्रोले २ हजार सान्त्वनाले १ हजार रुपैँया प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा गिता अधिकारी, भवानी गौतम र केदार गौतम रहेका थिए ।
कार्यक्रममा विभिन्न महिला उपसमूहलाई विउपूँजी, छात्रबृत्ति, गोबर ग्याँस र सुधारिएको चुलो निर्माण गर्ने उपभोक्ताहरुलाइृ अनुदान रकम वितरण गरिएको थियो ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं समूहका अध्यक्ष कृष्ण विडारीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा हेटौँडा वडा नम्बर ६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, सामुदायि वन उपभोक्ता महासंघ जिल्ला समन्वय समिति मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, महासंघ हेटौँडा उपमहानगरपालिकाका अध्यक्ष शम्भु न्यौपाने, पिप्लेपोखरा सामुदायिक वनका अध्यक्ष रामहरी चौलागाई, चित्रेपानी सामुदायि वनका अध्यक्ष सूर्यबहादुर घलान, समूहका उपाध्यक्ष डोरबहादुर अधिकारी, कार्यालय सचिव भीमसेन पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो। बैठकमा सर्वप्रथम उद्योग,...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...
७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...
२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

















-1786539267.jpg)
-1786686763.jpg)