Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

कोलम्बियालाई हराउँदै इंग्ल्याण्ड विश्वकपको क्वार्टरफाइनलमा

England-1530667629.jpg

२० असार, हेटौँडा । कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ गोलअन्तरले पराजित गर्दै इंग्ल्याण्ड जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि नजतिजा पेनाल्टी शुटआउटबाट निकालिएको हो । पेनाल्टीमा इंग्ल्याण्डका एक खेलाडी चुक्दा कोलम्बियाका दुई खेलाडीले पेनाल्टीमा गोल गर्न सकेन ।
कोलम्बियाका आन्द्रेस युरिवको पेनाल्टी क्रसबारमा लागेको थियो भने कार्लोस बाक्काको प्रहार इंग्लिस गोलकिपर जोर्डन पिकफोर्डले बचाएका थिए । 
यस्तै कोलम्बियाका कप्तान रामाडेल फाल्काओ, लुइस मुरियल र जुहान कार्डाडोले गोल गरे भने इंग्ल्याण्डका कप्तान ह्यारी केन, मार्कोस राशफोर्ड, केरन ट्रिपियर र इरिक डायरले गोल गरे ।
यसअघि निर्धारित समयमा विवादास्पद पेनाल्टीमा ह्यारी केनले गोल गरेपछि इंग्ल्याण्डले १–० को अग्रता लिएको थियो । कोलम्बियाली डिफेण्डर कार्लोस सान्चेसले डिबक्सभित्र इंग्लिस कप्तान केनलाई फल गरेपछि इंग्ल्याण्डले खेलको ५७औं मिनेटमा पेनाल्टीको अवसर पाएको थियो ।
यस्तै नियमित समयमा थपिएको ५ मिनेटको इन्ज्यूरी समयको तेस्रो मिनेटमा कोलम्बियाका जुहान कुआड्रार्डोको कर्नरमा स्टार डिफेण्डर यारी मिनाले गोल गरी खेलमा शनशनीपूर्ण बराबरी गरेपछि खेल अतिरिक्त ३० मिनेटको समयमा पुगेको थियो । 
इंग्ल्याण्डले विश्वकपमा सन् १९९० यता तेस्रो पटक नकआउट खेल जितेको हो ।
(एजेन्सी)
 

Englandf-1530667630.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

थप समाचार