१ साउन, हेटौँडा । बिक्रम सम्बतको क्यालेण्डर अनुसार साउन महिनाको १ गतेलाई साउने संक्रान्ति भनिन्छ ।
ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई 'कर्कट संक्रान्ति' पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशि लाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिन देखि सूर्य उत्तरी गोलार्दबाट दक्षिणि गोलार्द तर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रात लामो हुँदै जाने विश्वास गरिन्छ । यद्यपि प्रत्यक्ष सूर्योदय र सूर्यास्तका बीचको समयलाई दिनमान भनिन्छ ।
सबैभन्दा छोटोदिनबाट उत्तरायण र लामो दिनमान हुने दिनबाट दक्षिणायन शुरु हुनेकुरा विज्ञान सम्मत र शास्त्र सम्मत पनि कुरा हो । यसरी हेर्दा हाल चलन चल्तीको असार ७ गते बाट दिनछोटो हुँदै जाने र पौष ७ गतेबाट दिन लामो हुँदै जाने कुरा प्रमाणित हुन्छ । साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेष कार्यको सुरूवात यहि दिन देखि गरिन्छ ।
हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ । साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । विवाहित महिलाहरू साउने संक्रान्ति देखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।
स्रोत : विकिपेडिया
१ फागुन, हेटौंडा। मकवानपुरका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) तीर्थराज चिलुवालको सरुवा भएको छ। माघ२९ गतेको...
१ फागुन, हेटौंडा। उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजमा देखिएका कुरिती हटाउन स्थानीय तहको...
१ फागुन, हेटौंडा । कोशी प्रदेशसभाका सचिव गोपालप्रसाद पराजुली भ्रष्टाचारी ठहर भएका छन् । सर्वोच्च अदालतले उनलाई...
१ फागुन, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...
३० माघ,हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकामा भोली अर्थात् फागुन १ गते सार्वजनिक बिदा दिइएको छ। गाउँपालिकाले...
३० माघ, हेटौंडा। हेटौंडा ९ मा चित्तल अटोसँग ठोक्किदा अटोमा सवार ५ जना घाइते भएका छन्। बुधबार बिहान हेटौंडा...
३० माघ, खलङ्गा। जुम्ला केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बुधबार बिहान ११ बजेर ५६ मिनेटमा उर्थु चौतारा...
३० माघ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । सुन बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको...
३० माघ, हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध अफिम सहित २ जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय मनहरीबाट...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
२८ माघ, हेटौंडा। मकवानपुरमा भिमफेदीमा ग्याँस बोकेको बुलेट ट्याङ्कर पल्टिएको छ । आइतबार राति त्रिभुवन राजपथ...
२६ माघ, हेटौंडा । हेटौंडा-६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२७ माघ, हेटौंडा। काठमाडौंको दक्षिणकालीमा स्कुल बस दुर्घटना हुँदा २ जनाकौ मृत्यु भएको छ। आइतबार अपरान्ह...
मोबाइल एशोसिएसन अफ नेपाल (म्यान) मकवानपुर अध्यक्षमा हरिप्रसाद न्यौपाने (सागर) निर्वाचित भएका छन् । शनिबार...
३० माघ, हेटौंडा ।मकवानपुरको बकैयामा एक घरमा आगलागी हुँदा घर जलेको नष्ट भएको छ। मंगलबार मकवानपुरको बकैया...