Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रक्रिया बिना संचालित शैक्षिक परामर्श र भाष शिक्षा केन्द्र का ६ संचालक पक्राउ

58a4982b91e90.image-1532533300.jpg

९साउन ,हेटौडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा बजारमा  अवैध रुपमा संचालनमा रहेका शैक्षिक परामर्श र  भाष शिक्षा केन्द्र ट्युसन तथा कोचिङ केन्द्रहरु अनुगमनमा तिव्रता दिएको छ । यसै क्रममा बुधबार वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको कमाण्डमा खटी गएको प्रहरी टोलीले हेटौंडा बजार क्षेत्रमा प्रक्रिया बिना अबैध रुपमा  संचालन भइरहेको शैक्षिक परामर्श वा भाष शिक्षा केन्द्रका  ६ संचालकहरुलाई  पक्राउ गरेको छ । अध्ययन भिसामा पठाई विभिन्न देशहरुमा राम्रो काम पाउने वा राम्रो काममा लगाईदिने भनी प्रलोभन देखाई युवा–युवतीसँग मोटो रकम असुल्ने गर्ने  ६ वटा शैक्षिक परामर्श वा भाष शिक्षा केन्द्रका  संचालकहरुलाई  प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट जारी भएको सार्वजनिक सुचनाको समेत अवज्ञा गरी कारोवार संचालन गर्दै आएका, शिक्षा मन्त्रालयबाट अनुमति नलिइ र प्रक्रिया पुरा नगरी कक्षा संचालन गर्ने गरेका हेटौंडाका ६ वटा इन्स्टिच्युटका संचालकहरुलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी प्रवक्ता   नरेश कुमार सिहले बताएका छन ।

प्रहरीले शिक्षा मन्त्रालयको स्वीकृती नलिई प्रक्रिया बिना अबैध रुपमा  संचालन भइरहेको  हेटौंडा–४ स्थित ह्याण्डस फर एजुकेशन माइग्रेस सेन्टरका संचालक अरुण वर्तौला, साई राइज हाई एजुकेशनका संचालक रुशन लुईटेल, नेस्ट पोइन्ट एजुकेशन कन्सल्टेन्सीका संचालक केशवराज सेढाई, मन्त्रालयबाट स्वीकृती नलिनुका साथै दर्ता गर्दा कन्सल्टेन्सी भनी गरेको  ट्युसन सेन्टर समेत संचालित सगरमाथा एकेडेमीका संचालक दिपेन्द्र श्रेष्ठ, जेनिथ फाउण्डेशनका संचालक दिपक घिमिरे र ग्रेस हेटौंडा एजुकेशन कन्सल्टेन्सीका संचालक उत्तम अर्याललाई पक्राउ गरिएको   नायब उपरिक्षक एव प्रवक्ता  नरेशकुमार सिंहले बताए । पक्राउ परेका ६ जनालाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रशासन कार्यालय मकवानपुर पठाइएको प्रहरीले जनाएको छ । 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार