Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

टिमुरे पहिरोमा मृत्यु हुनेको संख्या ८ पुग्यो

Photo-Timure-1532617472.jpg

१० साउन, हेटौँडा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरेमा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ । एक जना अझै बेपत्ता छन् ।

पहिरोमा परी गोसाइकुण्ड गाउँपालिका –१ थुमनका मिङ्मार गुम्बु तामाङ, गाउँपालिका–२ टिमुरेका दोर्जे वाङजु घले, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का श्याम श्रेष्ठ, बिक्रम श्रेष्ठ र मंगले तामाङ, भोटेकोशी–४ का रेशम खड्का, नुवाकोटका रमेश तामाङ र शर्मिला कमिनिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोमा परी १२ जना घाइते भएका छन् ।  गम्भिर अवस्थाका ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाईएको रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।  ७ जना उपचार पछि घर फर्किएका छन् ।

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले मृतकका परिवारलाई तत्काल नगद १ लाख राहत उपलब्ध गराउने जनाएका छन् ।  पहिरोमा अस्थायी प्रहरी बिट, २ वटा टहरा र एक होटेल समेत पुरिएको छ भने २ वटा कन्टेनर र एउटा ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ । प्रशासनले घर टहरा भत्केकालाइ तत्काल राहत स्वरुप १० हजार र घर निर्माण गर्न थप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg