Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनकल्याणको शिविरमा २३० जनाको उपचार 

Health-Camp-1534609899.jpg

२ भदौ, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले संचालन गरेको स्वास्थ्य शिविरमा २ सय ३० जनाको स्वास्थ्य परिक्षण गरिएको छ । संस्था स्थापनाको २३ औं वार्षिकोत्सवको अवसरमा निःशुल्क शिविरको आयोजना गरेको हो ।
लायन्स क्लव अफ काठमाण्डौं सिञ्चितको सहयोगमा आयोजना गरिएको शिविरमा मधुमेह, उच्च रक्तचाप र आँखाकोे स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरमा डा. बसन्त पौडेल, डा. अरवेन्द्र गुप्ता र बुल्गेरियाबाट आएका डा. कनिका चौला, लिना लिम्बु र अभिनेयाले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा नारायणी मेडिकल कलेज, मकवानपुर टेक्निकल ईन्स्टिच्युट र दृष्टि आँखा केन्द्र विरगंजबाट समेत सहयोग गरिएको थियो ।
जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार बद्रीबहादुर पाठकको प्रमुख आतिथ्यता एवम् लायन्स क्लब अफ काठमाण्डौ सिञ्चितका अध्यक्ष मोहन मानन्धरको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जनकल्याण बचत तथा ऋण सहकारीका अध्यक्ष हिमाल पौडेल, लायन्स क्लव अफ काठमाण्डौ सिन्चितका चाटर्ड प्रेसिडेन्ट गोपाल न्यौपाने लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
शिविरमा ३० जनाको आँखामा मोतिया विन्दु भेटिएको थियो । मोतिया विन्दुका रोगीहरुलाई विरगंजमा रहेको दृष्टि आँखा केन्द्रले सहुलियत दरमा अप्रेशन गर्ने संस्थाले जनाएको छ ।

Health-Camp2-1534609900.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार