Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बलात्कार काण्डका अभियुक्त विकास गौतमद्वारा आत्मसमर्पण

Bikash-Gautam-1538638220.jpg

File Photo

१८ असोज, हेटौँडा । दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा माघ ७ गते राती भएको ‘सामूहिक बलात्कार’ प्रकरणका मुख्य अभियुक्त विकास गौतमले आत्मसमर्पण गरेका छन् । काभ्रे स्थायी घर भएका गौतमले बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका हुन् । 
रातोपाटी अनलाईनका अनुसार अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । बलात्कृत युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो । 
दरबारमार्ग बलात्कार प्रकरणमा केन्द्रिय अनुसन्धान ब्यूरोले समेत अनुसन्धान जारी राखेको थियो । बलात्कारपछि भारतमा लुकेर बस्दै आएका गौतमलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले भारतीय सुरक्षा निकायमा समन्वयमा पक्राउ गर्ने तयारी गरिरहेको थियो । केन्द्रिय अनुसन्धान ब्यूरोले आफूलाई खोजिरहेको थाहा पाएपछि गौतम एकाएक बुधबार अदातल हाजिर भएको उनको पारिवारीक स्रोतको भनाई छ । 
बलात्कृत युवतीको केटा साथी भनिएका रामेछाप दुरागाउँका शैलेस कार्की यसअघि नै पक्राउ परिसकेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

थप समाचार